×

NMB BANK
NIC ASIA

मानिसहरू दयालु हुन्छन् । दयालु हुनु मानव स्वभाव हो । मानव इतर प्राणीमा समवेदना र पीडा बताउने भाषा हुँदैन, सुख–दुःख बाँड्ने स्वभाव र सामथ्र्य हुँदैन । चाहेर पनि एकअर्कालाई सहयोग गर्न सक्दैनन् । विवेक पनि देखाउन सक्दैनन् । 

Muktinath Bank

चेतना, अनुभूति र विवेकले मानिसलाई मानिस बनाएको हो । जातीय श्रेष्ठता पाएको हो । सृष्टिको श्रेष्ठता विवेक, माया र समवेदनामा देखिने हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जीवन सुख–दुःखको आरोह–अवरोह हो । परिस्थितिवश मानिस पीडामा जलिरहेको हुन्छ । पीडाको जलाइ आँशुबाट पोख्छ, अभिव्यक्तिबाट पोख्छ । चेहराको भावभङ्गीमा पनि पोखिन्छ । पीडा पोख्न पाउँदा पनि मानिस हलुको अनुभूति गर्छ ।


Advertisment
Nabil box
Kumari

दयालु मानिसहरू अरुको दुःखको अनुभूति गरेर दुःखमा साथ दिन्छन् । अरुको सुख–दुःखमा साथ दिनु मानव आचरण, अझ भनौ मानवीय मूल्य हो । सच्चा साथीहरू सुखको पनि दुःखको पनि साझेदारी गर्छन् । त्यसैले उनीहरू साथी कहलिएका हुन् । सुखमा मात्र साथ दिनेहरू साथी कहलिँदैनन् । 

Vianet communication
Laxmi Bank

दुःखको दुखाइ वा भावनात्मक अनुभूति पीडा हो । दुःखमा सहयोग र दयाको माग भावनात्मक रुपमा नै हुने गर्दछ । दुःखीहरू चेहराबाटै साथ मागिरहेका हुन्छन् र सहयोगीहरू पनि चेहराबाटै पनि सहयोगको प्रतिक्रिया दिइरहेका हुन्छन् । एकप्रकारको संवेगको आदानप्रदान हुने गर्दछ ।

दुःख बताउँदा पनि दुःख हलुका हुने विश्वास गरिन्छ । त्यसैले मानिसहरू दुःख बाँड्ने र बताउने गर्छन् । ठूला दुखान्त घटनामा औपचारिक रुपमा नै दुःख पोख्ने गरिन्छ । दुःखमा परेकालाई दुःखको मनोपरिवेशबाट अन्यत्र लैजाने प्रयास पनि गरिन्छ ताकि दुःखलाई भुल्न सकोस् ।

आफ्ना दुःख अरुलाई बताएर वा बाँडेर अरुलाई दुःखी बनाउनुहुन्छ र ? सामान्यतः दुःख आफैंमा राखिनुपर्छ । दुःख बाँडेर अरुलाई दुःखी बनाउनु हुँदैन । अरुलाई दुःखको अनुभूति र पीडाबोध गराएर कुनै फाइदा हुँदैन । दुःखको भार र अनुभूति प्रथम व्यक्तिले नै लिनुपर्छ तर सन्दर्भ र परिवेशले दुःखको अभिव्यक्ति खोज्छ । दुःखको आयाम र पीडाको घनत्व बढ्ने क्रमसँगै यसले स्वाभाविक निकास माग्छ, कहिले शब्दमा, कहिले भाषामा, कहिले हाउभाउ अनि संकेतमा । आँशुमा छचल्किएर पनि दुःख पोखिन्छ । कतिपय त चिच्याएर, कराएर, डाको छाडेर रोएर भए पनि दुःख पोखेर मनलाई धुने गर्छन् ।

सर्जकहरू मानवीय पीडा र दुःखका अनुभूतिलाई कला सिर्जनामार्फत पोख्ने गर्छन् । संसारका उत्कृष्ठ साहित्य, कला, संगीत, चलचित्र, नाटक दुःखको पृष्ठभूमिबाट सिर्जिएका हुन्, सबैले दुःखी अनुभूतिको निकास दिएका छन् । सर्जकहरू मानवीय दुःखको निष्पादन वा सम्प्रेसमार्फत मनको विरेचन गर्दछन् । शब्द वा सिर्जनामा दुःख पोखिँदा मन हलुको हुन्छ । दुःखको अभिव्यक्तिले समान मनहरू दुःखबोध गरेर आनन्दित हुन्छन्, दुःखीसुखको अनुभूति गर्दछन् । दुःखान्त आख्यान, नाटक, चलचित्रको घटनासँग स्वअनुभूति लिएर व्यक्ति आफू पात्रमा विलीन हुन्छ । त्यहाँको दुःख वा दुःख सिर्जनाका परिघटना आफैंको महसूस गर्दछ । भनौ कलाको आस्वाद गर्दछ ।

रोजे सेरेसले ‘उदास आइतवार’ गाएर धेरै जनालाई, विशेषतः प्रेम घायल मनहरूलाई भुलाउने प्रयास गरे । धेरै प्रेमी मनहरू दुःखीसुखको अनुभूतिमा रमाए । कतिपयले गीतको आस्वादसहित जीवन उत्सर्ग पनि गरे । लियो सायरा, विथोभान, शाल्जवर्गहरू दुःखका आलाप अन्तरामा धेरै दुःखीहरूलाई दुःखबाट मुक्त गरे । दुखीहरूका मन–मन छाम्नसक्ने भावाभिव्यक्तिले दुखीहरूलाई दुःखबाट हलुका बनाउँछ ।

सबै व्यक्ति कवि, कलाकार, सर्जक बन्न सक्दैनन् तर सबैका आ–आफ्नै दुःख र पीडाका भोगाइ छन्, अनुभूति आ–आफ्नै छ । पीडाबोध जीवनको यथार्थ हो । साहित्य कलामा झै वास्तविक जीवनमा दुःखका अनुभव गरिँदैन । आफ्नै दुःखमा दुःखीसुखको अनुभूति गरिँदैन । अरुको कथानक ट्रजेडीहरू हेर्न, अरुको दुःख पढ्न, कथा कविता कलामा स्वाद लिन राम्रो, आफूमा भएको नराम्रो । त्यसैले दुःखान्त कथाहरू उत्कृष्ठ हुन्छन्, दुःखको यथार्थ अनपेक्षित मानिन्छ । आफैंमा दुःखीकथाको अपेक्षा कहिल्यै गरिँदैन, गरिनु पनि हुँदैन । जीवनको अपेक्षा खुशी हो, दुःख होइन । दुःखीसुखका कथाहरू पनि खुशी जीवनका मार्गदर्शन हुन्, दुःखी जीवनको आमन्त्रण होइन ।

समवेदना दुःखको मनोविज्ञान हो । आफ्ना दुःख ठूला हुन्छन्, आफ्नै दुःखको अनुभूति मात्र उसले गर्छ । अरुको दुःख शतांश बोध अर्को व्यक्तिले गर्नै सक्दैन । मनको मर्म आफैंमा रहन्छ । सानो होस् कि ठूलो, दुःखबाट मुक्ति खोज्ने मानव स्वभाव हो । दुःखबाट मुक्ति खोज्न मानिस सतत रहन्छ । दुःखको मनोविज्ञानले साथ र सहानुभूति खोज्छ । दयालु मानिसहरू साथ दिन्छन्, सहानुभूति दिन्छन् तर दुःखीहरू भिख जसरी दया चाहँदैनन् । दयाले दुःख हटाउँदैन । साथले दुःख कम गर्छ तर कमै मानिस अरुको दुःखमा साथ दिन्छन् ।

दुःखमा दया माग्ने, दया स्वीकार्नेहरू दुःखमाथि विजय प्राप्त गर्दैनन्, उल्टै पराजित हुन्छन् । दया गर्नेहरू पनि दुःखबोध गर्दैनन् । दया देखाउनेहरू क्षणिक आत्मतुष्टि लिन्छन् । दुःखका भिखारीहरू सफलताको शिखर चुम्दैनन्, उल्टो दुःखको दलदलमा भासिन्छन् । दुःखबोध नगरी दया र सहानुभूति दिनुको कुनै अर्थ रहँदैन तर समाज कमजोरलाई दयाको भीख दिन्छ, दुःखमा साथ दिँदैन । साथ दिनेहरू अपवादमा हुन्छन्, उनीहरू नै मानवताका सच्चा पुजारी हुन् । उनीहरू सधै खुशी र निश्छल हुन्छन्् । दया स्वार्थमा हुन्छ, साथ निःस्वार्थ र निश्छल हुन्छ । 

समाज निर्वैयक्तिक बन्दैछ । व्यक्ति आत्मकेन्द्रित बन्दैछ । निजी सुखका लागि अरुको पीडा र परिस्थितिबोध गर्नु हुँदैन भन्ने भावना बलियो बन्दैछ । निजत्वको विस्तारले मानवीय विवेकमाथि धावा बोल्दै गएमा मानव सभ्यता र सिर्जनालाई कसरी सुरक्षित गर्ने ? निजत्वको सीमा र सम्भावना बुझेर नै समुदाय बनेको हो, सामुदायिकता विकास भएको हो । अरुको दुःखमा मन नदुखे मानिस जड चेतन र पशुभन्दा कति पृथक बन्ला ?

तृष्णा, लालसा र आशक्तिले सामूहिकता र आपसिकताको पर्खालहरू भत्किँदैछन् र वैयक्तिक सुखका धरोहरहरू खडा हुँदैछन् । दुखान्त कथामा रमाउने मनहरू दुःखबाट किन विषयान्तर बनेका होलान् ? सामाजिक अभियान्तहरू खै कता हराए ? सवाल तेर्सिएको छ तर यसखाले सवालहरू पनि छिट्टै भत्किने क्रममा गएका छन् ।

त्यसो त दुःखको सम्प्रेस किन गर्ने भन्ने सवाल पनि छ । दुःखको सम्प्रेसले आफ्नाहरूलाई दुःख र ईष्र्यालुहरूलाई खुशी तुल्याउँछ । ईष्र्यालुहरू परपीडामा खुशी हुन्छन्, दया केवल अभिनय र औपचारिकता हो । उसो भए आफ्नालाई दुःखी बनाउन किन दुःख बताउने ? यस अर्थमा दुःख बताउनुको कति अर्थ रहन्छ ? अरुलाई दुःखी बनाउनु मानव धर्म हो र ? 

दुःखको मनोविज्ञान अनुसार दुःख निष्कासन खोज्छ, मनको विरेचन खोज्छ कि आँशु वा शब्दमा पोखिइहाल्छ । दुःखका अन्तिम बोली आमा शब्दको साहारा खोज्छ । शायद सबैभन्दा आफ्नाहरूतिर दुःख बग्ने गर्छ । त्यसैले आफ्नालाई दुःख बताएर दुःखी बनाउन नचाहँदा–नचाहँदै पनि आफ्नैलाई दुःख पोख्ने गरिन्छ । दुःखमा अनायास ‘आमा’ शब्द पोखिए जस्तै । 

दुःखको नियम नै हो कि जब व्यक्ति असिम दुःखमा पर्छ, दुःखले प्रकटीकरणको माध्यम खोज्छ, प्रकटीकरण हुन पनि पाउनुपर्छ । दुःख समयमा पोखिन पायो भने व्यक्ति संम्हालिन सक्छ । अन्यथा दुःखको गुम्साइमा मानिस डिप्रेसनमा पुग्न सक्छ, विस्फोट हुनसक्छ र त्यसको प्रवेगले व्यक्तिलाई सिध्याउन पनि सक्छ । विस्फोटको आयतन ठूलो भए समाजलाई नै विध्वंशतिर लैजान वेर लाउँदैन । जीवन संघर्षमा पराजित हुँदा दुःखले स्वाभाविक निकास पाउनैपर्छ । होइन भने व्यक्ति बल्न सक्छ । समाज र सभ्यता जल्न सक्छ । 

कथामार्फत अनुभूति पोखिनु दुःखको नियम हो । श्रुतिमार्फत पीडा पोखिनु पनि दुःखको नियम हो । कोही रंगमा दुःख भर्छन्, कोही कथा र कोही गीतसंगीतमा । नसक्नेहरू दुःख सुनाउन थाक्दैनन् र अन्य प्राणी र वनस्पतिलाई एकान्तमा गुन्गुनाएर पनि दुःख पोख्ने गर्छन् । मनमनै गुनगुनाएर वा आँशुमार्फत पोखिएर पनि हलुको हुनु मनको चाहना होला । कतिपय दुःखी त कुकुर, घोडा जस्ता मन परेका जानावरहरूलाई ‘मन’ पोख्न पछि पर्दैनन् । शायद जनावर निःस्वार्थ र निश्छल छन्, त्यसैले ती दुःखका आफ्ना साथी हुन् ।

दुःख अन्तर्मुखी होइन र हुन दिनु पनि हुँदैन । कोही नपाए प्रकृति र परिवेशमा एक्लै पनि दुःख पोखिन दिनुपर्छ । कराएर, दाह्रा किटेर, चिच्याएर वा डाको छाडेर पनि दुःख पोखिनुपर्छ । असिम पीडामा नरोएको को छ र ?

तर महत्त्वाकांक्षीहरू अरुको दुःख बेवास्ता गर्छन् । महत्त्वाकांक्षाले स्वार्थ र निजत्वलाई निरन्तर बढावा दिँदै आएको छ । उनीहरूका लागि साथी र सहयोगी पनि प्रगतिका खुट्किला चढ्ने भर्‍याङ सिवाय अरु केही होइनन् । त्यसैले अरुलाई इग्नोर गर्नु र अवसरमा रमाउनु उनीहरूको प्रवृत्ति हो तर जब आफैंलाई दुःख पर्छ, सहयोगको याचना गर्न पछि पर्दैनन् । तैपनि यसअघिको प्रवृत्तिमा पश्चाताप हुँदैन । मानिसहरू स्वार्थमा किन साँघुरिदैछन् ? मानवता फराकिने आन्दोलन कहिले शुरू होला ? 

दुःख नहुँदो हो त मानिसहरू एकअर्काबाट कति टाढा हुने थिए । दुःख बाँड्नका लागि नै आवश्यकताले मानिसहरूलाई नजिक्याएको हो तर स्वार्थ र निजत्वले मानिसलाई कम मानवीय, कम नजिक र कम मायामा साँघुर्‍याएको छ । 

आफ्नो दुःख मात्र आफूलाई दुख्छ । आफ्नो पीडा मात्र आफूलाई अनुभूति हुन्छ । आप्mनै मर्म मात्र मनले बोध गर्छ । समवेदनाबोध त सहानुभूति न हो । समाज साँघुरिदै जाँदा, समाजमा मानवीय समवेदना सकिँदै जाँदा आफ्नो दुःख आफैंलाई मात्र दुख्छ । मन रित्याउने गरी दुःख पोख्न पनि आफ्नै मनको सहारा चाहिन्छ । संसार थर्काउने गरी चिच्याउन पनि आफ्नै मन चाहिन्छ । दुःखीसँग फगत मन छ । मन कहाँ छ थाहा छैन तर उससँग मन छ । मन कहिल्यै रित्तिदैन, मन कहिले सकिँदैन । मन छ त मानिस छ, मानिस छ त दुःख छ ।

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x