सलह आतंक : अर्घाखाँचीमा १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाएको मकैबाली सखाप

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

 एक हप्ता अगाडि नेपाल प्रवेश गरेको सहल किराले प्रदेश पाँचको अर्घाखाँचीमा सबैभन्दा धेरै खाद्य बाली नष्ट गरेको छ ।

जिल्लाको पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली सलह किराले नष्ट गरेको हो । छ दिनदेखि सलहले खेतबारी नछाडेपछि अर्घाखाँचीका स्थानीय किसान हैरान भएका छन् । अर्घाखाँचीसँगै प्युठान, दाङ र कपिलवस्तुमा पनि सलह कीराले बालीनाली नोक्सान गरेको छ । सलह अनिकाल निम्ताउने कीरा हो । 


Advertisement

केही दिन अघि थाल ठटाउँदै आगो बालेर सलह धपाउन लागि परे पनि सलह नभागेपछि कृषक चिन्तित छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शितगंगा नगरपालिकामा सलह नियन्त्रणमा आउन सकेको छैन। शितगंगा नगरपालिका वडा नम्बर ७ को जलुके, जुवाकोट, लगायतका  क्षेत्रमा लगाएको  मकै पूर्ण रुपमा नष्ट गरेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिए  ।


Advertisement

सलहले खेती खाएपछि वडाबासीहरु अत्यन्तै चिन्तित भएको उनले जानकारी दिए । सितगंगा १० सिद्धाराको दुम्सी लगायतका क्षेत्रमा पनि सलहले मकैबाली पूर्ण रुपमा नष्ट गरेको वडा अध्यक्ष हिम्मत पोख्रेलले बताए । सलहले सबै खाएर मकैको डाँठमा बाँकी छ । 

एक रोपनी क्षेत्रफलमा सामान्य पनि २ क्विनटल मकै उत्पादन हुन्छ । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनी भन्दा बढी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा र केही भागमा आंशिक क्षति पुगेको छ । 

प्रदेश सरकारले सलह नियन्ण गर्ने प्रभावकारी योजना ल्याउन कीरा नियन्त्रणमा अलमलता देखिएको छ ।

अर्घाखाँचीभर गरि करिब पाँच करोड भन्दा बढीको मकैबाली नष्ट गरेको छ । सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको यसले धेरै  क्षेत्रमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए । मकै बाली लगायतका अन्य बालीमा क्षती पुगेको र  तथ्याङ्क संकलन गर्ने कार्य भैरहेको जानकारी उनले दिए । सरकारले सलह छोपेर बुझाए प्रतिकेजी २० रुपैयाँमा खरिद गर्ने योजना ल्याएको छ ।

अफ्रिकाबाट पाकिस्तान हुँदै भारतबाट गएको शनिबार सलह कीरा नेपाल प्रवेश गरेको थियो ।

 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्