राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा, लगत्तै बालुवाटारमा मन्त्रीहरूलाई भेट्ने

राष्ट्रपति विद्यादेवी भण्डारीलाइए भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

समसामयिक राजनैतिक विषयमा छलफलका लागि उनी शीतलनिवास गएका हुन् । 


Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।  समसामयिक विषयमा परामर्शका लागि  शनिबार साँझ प्रधानमन्त्री ओली शितल निवास पुगेको बताइएको छ । 

यसैबीच प्रधानमन्त्री ओलीले सबै मन्त्री र राजयमन्त्रीलाई बालुवाटारमा बोलाएका छन् ।


Advertisement

पछिल्लो राजनैतिक घटनाक्रम र समसामयिक विषयमा कुरा गर्न उनले बोलाएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।  
उनका अनुसार, साँझ ७ बजेका लागि सबै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाइएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्