×

NMB BANK
NIC ASIA

बालुवाटारबाट प्रधानमन्त्रीको सन्देश – दबाब दिँदैमा अध्यक्ष र प्रधानमन्त्री छाड्दिन

‘पार्टीमा विश्वासको वातावरण बनोस् भन्ने चाहन्छु, मैले मात्र चाहेर हुँदैन’

असार २०, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद निकै पेचिलो बनेको भन्दै अप्रिय स्थिति आउन सक्नेबारे मन्त्रीहरुलाई जानकारी गराएका छन् ।

Muktinath Bank

मन्त्री र राज्यमन्त्रीहरुलाई शनिवार साँझ बालुवाटारमा बोलाएर ओलीले पार्टीको विवाद निकै जटिल बनेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशको परिस्थितीबारे बुझिराख्नु भएको छ, पार्टी एकतामा गम्भीर संकट आएको छ । सरकारले जनहित र राष्ट्रियताको पक्षमा काम गरिरहेको समयमा एकपक्षीय दबाब सिर्जना गरेर दुवै पद छाड भन्ने काम भयो । सरकारले के गल्ती गरेको छ मैले पद छाड्ने ?’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

ओलीले आफू पार्टी एकताप्रति प्रतिबद्ध रहेपनि त्यो आफ्नो मात्र वशमा नरहेको बताएका थिए । ‘पार्टी एकता कायम रहनुपर्छ भन्नेमा म दृढ छु, एकता कायम रहने नरहे कुरा साथीहरु(अन्य नेता)मा निर्भर गर्छ । पार्टी फुटने स्थिती नआओस् भन्नेमा म चिन्तित छु,’ उनले मन्त्रीहरूसँगको बैठकमा भनेका थिए ।

Vianet communication
Laxmi Bank

ओलीले विश्वासको वातावरण बनोस भन्ने सबै कार्यकर्ताको चाहना रहेको र बन्न सक्छ कि भन्ने संकेत पनि देखिएको भन्दै मन्त्रीहरूलाई आश्वस्तसमेत पार्ने प्रयास गरेका थिए ।

'एकताको वातावरण नबन्दा मैले मात्र चाहेर के हुन्छ ?’ ओलीले पार्टीमा दुर्घटना आउनेतर्फ संकेत गरेको अर्का एक मन्त्रीले बताए ।

‘पार्टी एक नरहन पनि सक्छ तपाइहरुलाई परिस्थितीको बारेमा सबै जानकारी छ,’ ती मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै लोकान्तरलाई भने, ‘सरकारले राम्रो काम गर्दा गर्दै पनि पार्टीकै नेताहरु सरकारविरुद्ध लाग्नुभयो ।

ओलीले पार्टी अप्ठेरोमा पर्ने संकेत गरेपछि मन्त्रीहरु घनश्याम भुसाल र वर्षमान पुनले पार्टीलाई बचाउनु पर्ने भन्दै एकताविरोधी कुरा नगर्न आग्रह गरेका थिए । अन्य कतिप्या मन्त्रीले भने सवाल जवाफ गरेनन् । मन्त्रीहरुसँगको भेटअघि प्रधानमन्त्री ओलीले शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x