नेकपा प्रवक्ताको रात्रिकालीन ट्वीटः राष्ट्रपतिविरुद्ध महाभियोग अनर्गल र झुठा प्रचार हाे

फाइल फोटो।

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले  राष्ट्रपतिलाई स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन्।

पछिल्लो पटक नेकपाको द्वन्द्व उत्सर्गमा पुगेको र यो प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि अशोभनिय रहेको भन्दै आलोचना भइरहेका बेला श्रेष्ठले शनिबार राति माइक्रोब्लक ट्वीटरमा प्रतिक्रिया लेखेका हुन्।


Advertisement

उनले भनेका छन्, ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आआफ्नो स्वार्थका लागि विवादमा नतानौं।’

राष्ट्रपतिविरुद्ध महाभियोगको चर्चा समेत चलिरहेका बेला श्रेष्ठले त्यसको खण्डन गरेका छन्। उनले भनेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ।’


Advertisement

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा माग गरिएपछि नेकपा चर्काे विवादमा तानिएकाे छ। प्रधानमन्त्री ओलीले शनिबार मात्र राष्ट्रपतिसँग भेट गरे पश्चात मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरेका थिए।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्