कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपालका विभिन्न क्षेत्रमा भेल पहिरोको उच्च जोखिम बढ्दै गएको पछिल्ला दिनका केही घटनाले पुष्टि गरेको छ । विभिन्न पहाडी भूभागमा सामान्य खोल्सा र पहरामा वर्षाको भेलसहित पहिरो बनेर झर्ने क्रम बढेको छ ।
शनिबार बिहान करिब २ बजेतिर बझाङको केदास्युँ गाउँपालिका–८ मल्लेसीमा त्यस्तै भयो । गाउँ माथिको खोल्सीमा आएको बाढीमै मिसिएर पहिरो खस्न थाल्यो । माथि खिरिलो पहिरोले तलको कमलो जमिन सोहोर्दै फराकिलो बनेर झण्डै आधा गाउँ बगायो ।
जङ्गलको बीचबाट बगेको खोल्सीमा गड्याङ गुडुङ सुनेपछि गाउँको सबैभन्दा माथि घर हुने सुरेश जेठारा डाँडैबाट जोडले कराए– पहिरो आयो..., पहिरो आयो है, भाग भाग... कराउँदै आफ्ना परिवारसहित उनी सुरक्षित स्थानमा गए। ज–जसले छिटो उनको आवाज सुने त्यो परिवार भागाभाग गरेर निस्किए । डाँडाको फेदमा घर हुनेले केही ढिलो थाहा पाए । भागेर सुरक्षित ठाउँमा पुग्न नपाउँदै भेल पहिरोमा पुरिए । शनिबार साँझसम्म पहिरोले पुरिएका सातमध्ये चार शव भेटिए । बाँकी तीन जना अझै बेपत्ता छन् ।
त्यहाँका १८ घर भेल पहिरोले बगायो । बिचल्लीमा परेका गाउँलेलाई स्थानीय स्कुलमा उद्धार गरेर राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । लगातारको वर्षाले बढेको खोला तर्न नसकेपछि स्थानीय प्रहरीको उद्धार टोली मध्याह्न ११ बजे मात्र त्यहाँ पुगेको थियो । पानी परिरहेकाले हेलिकोप्टरबाट उद्धार टोली पुग्न सकेछ । रातिसम्म नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्वारा राहत र खाद्यान्न पु¥याउन प्रयास गरिएको पोखरेलले बताए ।
यसपाला भेल पहिरो आएको यो पहिलो पटक होइन । मनसुन सुरु भएकै दिन जुन १२ मा पर्वतमा सामुदायिक वनबाट भेलपहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । गुल्मीमा गएको पहिरो, सिन्धुपाल्चोकमा गएको पहिरोको स्वरूप पनि भेल पहिरोकै रहेको विज्ञ बताउँछन् । पर्वतमा गएको भेल पहिरोको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको पहिरो अनुसन्धान शाखाबाट विशेष टोली नै खटिएको छ ।
यसरी जान्छ भेल पहिरो
पहिरोविज्ञ कृष्ण देवकोटाका अनुसार सामान्य रूपमा तीन किसिमका पहिरो हुन्छन् । पहिलो भेल पहिरो अर्थात् गेग्रान बहाव, दोस्रो स्लोप फेलर अर्थात् सानो–सानो भिरालो जमिनमा जाने पहिरो र तेस्रो बिस्तारै सर्ने पहिरो हुन् ।
पहिलो खालको भेल पहिरो अग्ला पहाडमा बढी जान्छ भने तेस्रो प्रकारको पहिरो चुरे क्षेत्रमा जाने पहिरोमा पर्छ । दोस्रो खालको पहिरो भने नारायणगढ मुग्लिन सडक खण्डका जस्ता विकासे बाटो र निर्माणका कारण डाँडा काटिएपछि पहराबाट सुक्खा रूपमा झर्ने पहिरोलाई लिन सकिने उनले बताए ।
भेल पहिरो भने अधिक वर्षाका कारण कमजोर बनेका पहाडमा जाने गर्छ । देवकोटाले जतासुकै पहाड खनेर कमजोर पारिएको छ । त्यसपछि जोखिमको क्षेत्र पहिचान नगरी बस्ती बसेको छ, पछिल्लो कमजोरी यही हो भन्नुभयो । उहाँका अनुसार साधारणतया भेल पहिरो माटो वा माटो र ढुङ्गाको सम्मिश्रण भएको स्थानमा बढी जान्छ ।
माटोको ढिस्को भएका पहाड नेपालमा धेरै छन् । त्यस्ता पहाडमा खनिदिएपछि पहाडमा टाँड पर्छ । कतिपय स्थानमा खनेको माटो भीरतिर गएर अड्केर बसेको हुन्छ ।
त्यसमा पानी परेपछि तौल बढ्छ । कमजोर भएको भित्रको माटो र थपिएको माटोसहित बगेर एकथरि भेल पहिरो जान्छ ।
अर्कोथरि खोल्सा खोल्सीको पानीले भित्रभित्रै माटोमा पानी पुगेपछि कमजोर भइसकेको भिरालो जमिन एक्कासि ठूलो पानी पर्दा भेलसँगै बगेर खस्छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छिन् ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...