समाजवादमा विश्वास गर्ने देशहरू नेकपा विभाजन नहोस भन्ने चाहन्छन् : डा राजीव झा

नेपाल चीन मामिलाका जानकार स्वतन्त्र विश्लेषक डा. राजीव झाले चीन लगायत समाजवादमा विश्वास गर्ने देशहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा नजाओस् भन्ने चाहेको बताउछन् ।

नेपालको संविधानले परिकल्पना गरेको समाजवाद स्थापनाको लक्ष पूरा गर्न पनि नेकपाको सुदृढ एकता आजको आवश्यकता रहेको उनको विश्लेषण छ । 


Advertisement

नेकपाभित्र अझैपनि सहमतिको सम्भावना बाँकी छ, लाखौं कार्यकर्ता र शुभेच्छुक नेकपा विभाजन नहोस भन्ने चाहन्छन्,’ झा भन्छन, ‘चीन लगायत समाजवादमा विश्वास गर्ने देशहरू नेकपा नफुटोस् भन्ने चाहिरहेका छन्, यो कुरा शीर्ष नेताले मनन गरुन् ।’

देशका दुई कम्युनिस्ट पार्टीलाई मिलाएर एउटै कम्युनिस्ट पार्टी बनाएका नेताहरू व्यक्तिगत महत्वकाङ्क्षामा लागेर इतिहास निर्माण गर्ने अवसरबाट चुक्न नहुने उनको विश्लेषण छ । 


Advertisement

‘तत्कालीन एमाले र माओवादी केन्द्र मिल्दा देशमा कम्युनिस्ट पार्टीले झण्डै दुईतिहाइ बहुमत ल्याउन सफल भए । यसले राजनीतिक स्थायित्व र विकासको चाहना पूरा हुँदैछ,’ झा भन्छन, ‘अहिले शीर्ष नेतामा देखिएको अविश्वास र असमझदारी दोस्रो पुस्तामा पुग्दा विश्वासमा रुपान्तरण हुनसक्छ । विभाजन रोक्न दोस्रो पुस्ताका नेताहरू लाग्न जरुरी छ ।’

नेकपाको विभाजनले राजनीतिक स्थायित्व र आर्थिक विकासको जनआकांक्षा पूरा नहुने भन्दै परिवर्तनका पक्षधरले नेकपाको विभाजन रोक्न पहल गर्नुपर्ने उनको विश्लेषण छ । 
  
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्