×

NMB BANK
NIC ASIA

ओलीसँग निर्णायक वार्ताका लागि बालुवाटारमा प्रचण्ड

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टी भित्रको बिवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयास स्वरुप नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतवार दिउँसो १२ :  १५ मा बालुवाटार पुगेका छन् । 

Muktinath Bank

बालुवाटार जानुअघि प्रचण्ड सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले संयुक्त रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा पार्टीभित्रको आन्तरिक विवादका बारे छलफल भएको थियो  ।


Advertisment
Nabil box
Kumari

जारी स्थायी कमिटी बैठक केही दिनका लागि स्थगित गरेर सहमति खोज्न भन्दै शुक्रवार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो । शनिवार थप छलफल गर्ने भन्दै शुक्रवार बैठकबाट उठेका दुई नेताबीच शनिवार कुनै सहमति जुट्न सकेन । 

Vianet communication
Laxmi Bank

शनिवार प्रचण्डले माधव नेपाललगायत सचिवालयका सदस्यहरुसँग छलफल गरेका थिए भने ओलीले सरकारमा सहभागि मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गरेका थिए । 

शनिवार राति बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र भएकोले आफू जस्तो सुकै कदम चाल्न बाध्य हुने बताएका थिए । 

मन्त्रीहरुसँग प्रधानमन्त्रीको ब्रिफिङ पछि नेकपा भित्रको विबाद झनै पेचिलो बन्दै गएको विश्लेषण गरिएको छ । नेकपाकै केही नेताहरू पार्टीभित्र उत्पन्न बिवाद समाधानका लागि अहिले पनि पहल गरिरहेका छन् । 

ओली र प्रचण्डबीच सहमति खोज्न भन्दै शनिवारका लागि बोलाइएको स्थायी कमिटी बैठक भोलि सोमबारसम्मको लागि स्थगित भएको छ ।

असार १० गते शुरू भएको स्थायी कमिटी बैठकमा गत मंगलवार प्रचण्डलगायत शीर्ष नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपा बिवाद नयाँ चरणमा प्रवेश गरेको हो । 

शुक्रवारको बैठकमा प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए भने ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने २०७६ मंसिरको प्रस्तावलाई थप व्याख्या गरेर जान प्रस्ताव गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x