×

NMB BANK
NIC ASIA

जसलाई छैन कोरोनाको डर

जसले कोरोना संक्रमितलाई निर्धक्क बोकिरहेका छन्...

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको सैनामैनाका एम्बुलेन्स चालक रमेश पौडेललाई कोरोना भाइरससँग डर लाग्न छाडेको छ ।

Muktinath Bank

पौडेलले सैनामैनाका विभिन्न क्वारेन्टीन  बसेर कोभिड–१९ संक्रमण पुष्टि भएकालाई १० जनाभन्दा बढीलाई काठमाडौंसम्म पुर्‍याएका छन् । वैशाख तेस्रो सातादेखि  संक्रमितलाई अस्पताल र भारतबाट आएकाहरुलाई क्वारेन्टीन  पुर्‍याउने काम अहिले जारी छ । ५ वर्षदेखि पौडेलले चलाउँदै आएको गुलाब सहकारीको लु२च १४८४ नम्बरको एम्बुलेन्स ‘लकडाउन’को अवधिका लागि सैनामैना नगरपालिकाले प्रयोजन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेल भन्छन्, ‘मलाई कोरोनासँग कुनै डर नै छैन । सैनामैनाकी एक संक्रमित महिलालाई काठमाडौंसम्म लगे । बुटवल, भैरहवा, एन्फा टेक्निकल सेन्टरस्थित आइसोलेन, भैरहवाको भीम अस्पतालमा धेरै संक्रमितलाई पुर्‍याए ।’


Advertisment
Nabil box
Kumari

प्रदेशको केही जिल्लामा एम्बुलेन्सले संक्रमित बोक्न छाडेर भागेपछि प्रहरीले एम्बुलेन्स चलाउनुपर्नेको थियो ।

Vianet communication
Laxmi Bank

पौडेल थप्छन्, ‘संक्रमित भेटिन शुरूको चरणमा डर लागे पनि अहिले मलाई कुनै डर छैन । निर्धक्क संक्रमितलाई एम्बुलेन्समा बोकेर अस्पतालसम्म पुर्‍याउँदै आएको छु । परिवारलाई महामारीमा आफ्नो क्षमता प्रदर्शन गरेर देशलाई सहयोग गर्नुपर्छ भनी परिवारलाई सम्झाएर क्वारेन्टीनमै बसेर बिरामी अस्पतालमा ओर्सादै आएको छु । तर, पीपीई धेरै लामो समयसम्म लगाउन गाह्रो हुने रहेछ ।’

संक्रमितलाई टाढाको अस्पताल पुर्‍याउन निकै समस्या हुने पौडेलको भनाइ छ । पौडेल भारतीय सेनामा कार्यरत रुपन्देहीका युवाको मृत्यु भएपछि उनको शव लिने काँकरभिट्टा पुगेका थिए ।

बुटवल–१५ सेमलारका एम्बुलेन्स चालक वीरबहादुर क्षेत्री भारतबाट आएकालाई क्वारेन्टीनमा पुर्‍याउँछन् त कहिले संक्रमितलाई आइसोलेसनमा लैजान्छन् । क्षेत्री घर परिवारबाट दबाब र रोकावटलाई पन्छाएर उनी संक्रमितको सेवामा लागेका हुन् ।  ।  पञ्चरत्न युवा क्लबको लु१च ७८९० एम्बुलेन्स बुटवल उपमहानगरपालिका मातहत राखेर सञ्चालनमा ल्याइएको छ ।

उनी भन्छन्, ‘मलाई शुरूको अवस्थादेखि नै कोरोनासँग त्रसित भने थिइन । परिवारबाट भने जोखिम नमोल्न भन्थे तर, मैले वास्ता नगरी महामारीमा सेवामा लागि जुटे,’ उनले थपे, ‘मैले त पीपीई पनि लगाउँदिन । डर नैं लाग्दैन । मास्क र चस्मा लगाउँछु । बिरामी बोक्छु । अस्पताल पुर्‍याउँछ । अहिले यसैमा खुसी छु ।’ 

रुपन्देहीमा कोरोना संक्रमण हुने डरले लकडाउनको पूर्वसन्ध्यादेखि जागिरबाट हात पनि झिके । क्षेत्रीले भने, ‘शुरुमा महामारी भनेर डर लाग्थ्यो तर, अहिले त्यस्तो हुँदैन । राज्यलाई सेवा गर्न पाउदा आनन्द अनुभूत हुन्छ ।’

रुपन्देहीकै अर्का एम्बुलेन्स चालक सुरेन्द्र सुवेदी १५ जनाभन्दा बढी संक्रमितलाई आइसोलेसनमा पुर्‍याएका छन् । ३६ वर्षिय सुवेदी भन्छन्, ‘चालक सिटबाट झर्नुपर्दैन । बिरामी आफैं पछाडिबाट ढोका खोलेर एम्बुलेन्समा बस्छन् । आफैं ढोका लगाउँछन् । हस्पिटल पुगेपछि आफैं झर्छन् । गाडी सेनिटाइज गरेर फर्किन्छु ।’

कोरोनाको तीब्र फैलावट र रातदिन बिरामीसँग उठबस गर्नुपर्ने भए पनि अहिले ढुक्क भएर परिवारमाझ जान समेत थालेको सुवेदीले सुनाए । चालकहरू अहिले संक्रमितलाई बोक्दा व्यक्तिगत सुरक्षा उपकरण पीपीई लगाउँछन् । लु१च ६६७९ नम्बरको एम्बुलेन्स चालक सुवेदी भन्छन्, ‘एम्बुलेन्स चालकले संकटका बेला जागिर छाड्नु अपराध हो । हामीले जस्तो अप्ठ्यारो परिस्थितिमा पनि काम गर्‍यौं ।’

मुलुकलाई संकटका बेला आफ्नो कर्तव्य बिर्सेर बिरामी बोक्न नमान्ने केही चालकबीच केही चालकहरूले भने संक्रमण देखिएको समयदेखि नै सेवामा समर्पित भएका हुन् । उनीहरुले भने, कुनै बेला पीपीई नभएको समयमा पनि बिरामी बोक्न डर मानेनन् ।

नेपालमा कोरोना संक्रमण देखिएको समयमा आशंकित बिरामीलाई पनि बोक्न नमान्दा बिरामीहरू समस्यामा परेका थिए । अहिले प्रदेश पाँचमा सञ्चालित एम्बुलेन्समा क्याबिन राखिएको छ । कोरोना पोजेटिभलाई अस्पतालसम्म पुर्‍याउँदा चालकलाई संक्रमण नफैलियोस् भनेर प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयहरूले एम्बुलेन्सहरूलाई ‘पार्टेसन’ गरेर अनिवार्य ‘क्याबिन’ राख्न निर्देशन दिएको थियो । अहिले संक्रमण देखिएकाहरूमा कोरोनाको लक्षण छैन । चालकहरूले पनि त्रास कम अनुभुति गरेका छन् ।

एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीले चालकहरूले अफ्ठ्यारो परिस्थितिमा पनि निरन्तर खटेर सेवा दिने चालकहरूको राज्यले मूल्याङ्कन गर्नुपर्ने बताए । जोखिमको प्रवाह नगरी सेवामा खट्नुपर्छ भनेर हामीले सबैलाई निर्देश गरेका थियौं । सोही अनुसार चालक पनि लागे । अहिलेसम्म आउदा बिरामी बोक्ने सहज अवस्था बन्यो ।’

तिवारी भन्छन्, 'चालकलाई राज्यले पीपीई उपलब्ध गराउन सकेन । मेरो पहलमा महावीर पुनसँगबाट ल्याएर तत्कालको संकट टारेको हुँ । अहिले आफ्ना क्षेत्रमा संक्रमण देखिएका पालिकाहरूलाई चालकलाई भने उपलब्ध गराएका छन् ।’

यो महामारीमा चालकहरूको कोरोना बीमा राज्यले गरिदिनुपर्ने तिवारीको माग छ ।

प्रदेश पाँचमा अहिले ६० भन्दा बढी एम्बुलेन्स संक्रमितलाई ओसार पसार गर्न प्रयोगमा छन् ।

प्रदेश पाँच सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले जोखिमपूर्ण क्षेत्रमा काम गर्नेको योगदानको उच्च मूल्याङकन हुने बताए । उनले भने, ‘जोखिमपूर्ण अवस्थामा काम गर्नेलाई हामी चार तहमा विभाजन गरेर योगदानको उच्च मुल्याङ्कन गर्नेछौं ।’

त्यसको लागि डाटा संकलन प्रदेशका १२ वटै जिल्लाबाट गरिरहेको छ ।

आइतबारसम्म प्रदेशमा संक्रमित ३ हजार ८९४, डिस्चार्ज २ हजार ६९, १३ जनाको मृत्यु भएको छ । त्यस्तै क्वारेन्टीनमा ९ हजार ६२८ र ३ हजार ७०० को रिपोर्ट आउन बाँकी छ ।

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x