दक्षिण चीन सागरमा अमेरिकाले पठायो युद्धपोत, चीनसँग भिडन्तको सम्भावना

अमेरिकाले दक्षिण चीन सागरको विवादित स्थानमा शनिवार दुईवटा विमानवाहक युद्धपोत तैनाथ गरेको छ । उक्त स्थानमा चीनले पनि आफ्नो गतिविधि बढाएको छ । 
 

यूएसएस निमिट्ज र यूएसएस रोनल्ड रेगनले स्वतन्त्र तथा खुला हिन्द प्रशान्तलाई सहायता गर्नका लागि कारवाही र अभ्यास गरेको अमेरिकी जलसेनाले एक विज्ञप्ति निकालेर जनायो । 


Advertisement

दक्षिण चीन सागरको ठ्याक्कै कुन ठाउँमा अभ्यास गरिएको भनी उसले बताएन । उक्त सागर १५ सय किलोमिटर लामो छ र त्यसको ९० प्रतिशत भागमा चीनले दाबी गरेको छ । छिमेकीहरूले त्यसको विरोध गरिरहेका छन् । 

‘हामी क्षेत्रीय सुरक्षा र स्थिरताका लागि प्रतिबद्ध छौं भनी हाम्रा साझेदार र सहयात्रीहरूलाई देखाउन यो अभ्यास गरेका हौं,’ रीयर एड्मिरल जर्ज एम विकोफले बताए । 


Advertisement

चीन र अमेरिका दुवैले एकअर्कालाई रणनीतिक जलमार्गमा तनाव बढाएको आरोप प्रत्यारोप गरिरहेका छन् । अहिले दुई देशबीचको सम्बन्ध कोरोनाभाइरस, व्यापारयुद्ध तथा हङकङका कारण बिग्रेको छ । 

चीनले शुक्रवार दक्षिण चीन सागरमा गरेको अभ्यासलाई अमेरिकाले गरेको आलोचनालाई चीनले खारेज गरेको छ र तनाव बढ्नका लागि अमेरिकालाई नै दोष दिएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्