राष्ट्रपति भण्डारीसँग प्रचण्ड, नेपाल र खनालको भेटवार्ता

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन ।

राष्ट्रपति भण्डारी विरुद्धसमेत षडयन्त्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएपछि त्यसबारे स्पष्ट पार्न प्रचण्ड लगायतका नेताहरु शितलनिवास पुगेका हुन् ।


Advertisement

आइतवार बिहान ११ बजेदेखि भेटवार्ता शुरू भएको शीतलनिवास स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले शनिवार बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँगको भेटमा राष्ट्रपतिविरुद्ध महाअभियोगको तयारी गरेको आरोप लगाएका थिए ।


Advertisement

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सो कुरा हिजै खण्डन गरेका थिए ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले राष्ट्रपतिविरुद्ध षडयन्त्र गरेको अर्नगल प्रचारको सम्बन्धमा भेटेरै स्पष्टीकरण दिन नेताहरु शितलनिवास गएको लोकान्तरलाई बताए ।

राष्ट्रपतिसँगको भेटघाटपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र प्रचण्डको भेट हुनेछ ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्