ओली-प्रचण्डबीचको भेटवार्तामा थपिए स्थायी कमिटीका नेताहरू

फाइल तस्वीर

आइतवार अपराह्न प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्तामा स्थायी कमिटीका अन्य सदस्यहरू पनि थपिएका छन् ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल वार्तामा सामेल भएका छन् भने अध्यक्ष प्रचण्डको तर्फबाट स्थायी कमिटी सदस्यद्वय वर्षमान पुन र जनार्दन शर्मा सामेल भएका छन् ।


Advertisement

सवा १२ बजेदेखि शुरू भएको अध्यक्षद्वयबीचको वार्ताअघि प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले संयुक्त रूपमा राष्ट्रपतिसँग भेट गरेका थिए ।

भेटमा महाभियोगको हल्ला निराधार भएको भन्दै शीर्ष नेताहरूले राष्ट्रपतिलाई हल्लामा विश्वास नगर्न आग्रह गरेका थिए । सँगसँगै ओलीको प्रधानमन्त्रीबाट राजीनामा आफ्नो बटमलाइन भएकोसमेत जनाउ दिएर शीर्ष नेताहरू फर्केका थिए ।


Advertisement

जारी पाचौं स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग हुन थालेपछि ओलीले संसद अधिवेशन अन्त्य गरेका थिए । प्रधानमन्त्री ओलीको कार्यशैली निरङ्कुश र स्वेच्छाचारी भएको भन्दै नेकपामा उनको राजीनामा मागिएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्