नेपाली कांग्रेसले बझाङको केदारस्युँ गाउँपालिका ८, मल्लेसीमा शुक्रबार राति गएको पहिरोमा पीडित परिवारलाई राहत दिन सरकारसँग माग गरेको छ।
पहिरोमा ६ जनाको मृत्यु भएको थियो भने १ जना बेपत्ता छन्। १८ घरमा क्षति पुगेको थियो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा बेपत्ताको तत्काल खोजी गर्न र विपतमा परेका पीडित परिवारलाई उद्धार, राहत र सहयोग गर्न सरकारसँग माग गरिएको छ।
लोकान्तर संवाददाता