६ सय नेपाली स्वदेश फर्किए

आइतबार ६ सय नेपाली स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइतबार ९ अन्तरराष्ट्रिय उडान भएकाेमा ती उडानमार्फत विभिन्न मुलुकमा ६ सय भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ। 
    
नेपाल एयरलाइन्सले कतारको दोहाबाट १ सय ४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ।
    
हिमालय एयरलाइन्सले अबुधाबीबाट १ सय ४९ र दोहाबाट १ सय ५२ यात्रु ल्याएको छ । त्यस्तै जजीरा एयरले कुवेतबाट १ सय ६५ यात्रु ल्याएको छ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्