विपक्षीसँगकाे साँठगाँठमा कम्युनिष्ट पार्टीको भविष्य अन्धकारतर्फ धकेल्ने कुकर्म नहोस्- नेता रावल

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले राजनीतिलाई सत्ताको फोहोरी खेल नतुल्याउन आग्रह गरेका छन्।

नेकपाभित्रको शक्ति संघर्षका कारण पार्टी नै विभाजनको जोखिममा रहेको आकलन भइरहेका बेला पूर्वमन्त्री समेत रहेका रावलले ‘राजनीतिलाई सत्ताको फोहोरी खेल तुल्याउने विगतका विकृति फेरि शुरू गरी जनता र पार्टीलाई धोका दिने काम नहोस्’ भनेका हुन्।


Advertisement

उनले नेकपाको सिद्धान्त, नीति, विधान, संगठन र सदस्यहरूमाथि विश्वास र भरोसा गर्न पनि आह्वान गरेका छन्। ‘विपक्षी दलका नेताहरूसँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीको भविष्य अन्धकारतर्फ धकेल्ने कुकर्म कतै नहोस्,’ उनले भनेका छन्।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्