कम्बल खरिदमा भ्रष्टाचार, राजदेवी नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले कम्बल खरिदमा भ्रष्टाचार गरेको अभियोगमा राजदेवी नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

गौरस्थित गिरधारीकुमार अग्रवालको पसलबाट ४ सय प्रतिथान मूल्यपर्ने कम्बललाई एक हजार २ सय प्रतिथानमा खरिद गरी हिनामिना गरेको पाइएको छ। सो नगरपालिकाले ४ सय ८ थान कम्बल खरिद गरेको थियो । आयोगले गरेको अध्ययनअनुसार कम्बल खरिदमा एक लाख १५ हजार ७८२ बराबरको भ्रष्टाचार गरेको पाइएको छ। 


Advertisement

आयोगले तत्कालीन निमित्त कार्यलय प्रमुख प्रमोदकुमार वर्मा, तत्कालीन लेखापाल वैद्यनाथ झा, लेखापाल रेणु यादव, कम्बल बिक्रेता गिरधारीकुमार अग्रवाल, वडा नं २ का अध्यक्ष सनुप महतोविरुद्ध समान एक लाख १५ हजार ८७२ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध बिगो असुल गरी कारवाहीको मााग गरिएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्