×

NMB BANK
NIC ASIA

मेलम्चीको पानी दुई महिनापछि सुन्दरीजलमा

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पथान्तरणको काम सुरु गरेपछि दुई महिनामा सुन्दरीजलमा पानी आउने पक्का भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

समितिका अनुसार आइतबार बिहान ९ बजेबाट सुरुङमा पानी पथान्तरणको काम सुरु भएको छ । हाललाई निर्माणाधीन हेडवक्र्सभन्दा सय मिटरमाथि अस्थायी ड्याम बनाएर डाइभर्सनमार्फत सुरुङमा पानी पठाइएको छ । पानी पथान्तरण गरी सुरुङ परीक्षणका लागि दुई महिना लाग्ने र त्यसपछि सुन्दरीजलमा निरन्तर पानी आउने खानेपानी मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा खानेपानी मन्त्री बीना मगरले दुई महिनापछि उद्घाटनको मिति तय गर्ने बताएकी छन् । उनले भनिन्, “मेलम्चीसँगको लामो समयको प्रतीक्षा, निराशा र प्रश्नहरूको अन्त्य भएको छ, प्राविधिक रूपमा निक्कै कठिन काम सम्पन्न भएका छन्, बाधा अवरोध चिरेर निरन्तरको प्रयासले हामी सफल भएका हौँ । अब सरकार र नेतृत्वसँग छलफल गरेर उद्घाटनको मिति छिट्टै तोक्छौँ ।”


Advertisment
Nabil box
Kumari

मन्त्रालयका सचिव माधव बेल्बासेले मेलम्ची खानेपानीको सुरुङ एसियाकै लामोमध्ये पर्ने बताए। उनले भने, “लामो समयदेखिको चुनौतीपूर्ण कार्य सम्पन्न भएको छ अब पानी पथान्तरणमा वा सुरुङको परीक्षणमा प्राविधिक प्रणाली फ्लो गर्नुपर्ने हुन्छ, विज्ञसहितको टोलीले तीन तहको परीक्षण गर्ने छ त्यसपछि सुन्दरीजलमा पानी आउने छ ।” मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले भन्नुभयो, “सामान्य अवस्थामा सुरुङ परीक्षणको अवधि दुई महिना लाग्नेछ, त्यसपछि नियमित रूपमा पानी आउने छ, आयोजना नयाँ चरणमा प्रवेश गरेको छ ।”

Vianet communication
Laxmi Bank

२०२९ सालदेखिको प्रतीक्षा
काडमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई भरपर्दो र नियमित खानेपानी उपलब्ध गराउन २०२९ सालदेखि नै सम्भाव्य स्रोतहरूको खोजी तथा अध्ययन सुरु भएको थियो । समितिका अनुसार उपत्यकामा खानेपानीको दीर्घकालीन समाधानका लागि २०४१ सालमा भएको अध्ययनले मेलम्चीलगायत विभिन्न २२ वटा विकल्पको पहिचान गरेको थियो । २०४९ सालको थप अध्ययनबाट आर्थिक र प्राविधिक रूपमा मेलम्ची, याङ्ग्री र लार्के खोलाको पानी सुरुङमार्फत काठमाडौँ ल्याउन उपयुक्त हुने निष्कर्ष निकालिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

आयोजनाको विस्तृत डिजाइन भएसँगै २०६६ सालमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ निर्माण गर्न चाइना रेल्वे–१५ ब्युरोलाई ठेक्का गरिएको थियो ।

ब्युरोले सन्तोषजनक काम गर्न नसकेपछि २०७७ मा ठेक्का रद्द गरिएको थियो । इटलीको निर्माण व्यवसायी को–अपरेटिभ मुराटोरी डिरेभेन्नाले सुरुङको ब्रेकथ्रु गरेको थियो तर सो कम्पनीले २०७५ पुस १ गतेदेखि एकतर्फी रूपमा काम छाडेपछि ठेक्का रद्द गरिएको थियो । त्यसपछि समितिले सुरुङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्न द्रुत प्रक्रिया अपनाइ सिनो हाइड्रो कर्पोरेसन चाइनासँग २०७६ असोज १२ गते सम्झौता गरेको थियो ।
सोही कम्पनीसँग नै हेडवक्र्स निर्माण गर्न १५ महिनाको समयावधि राखेर अर्को सम्झौता २०७६ असोज २४ गते भएको थियो । हाल सिनो हाइड्रोले काम गरिरहेको छ ।

पुस मसान्तसम्म सबै काम पूरा
मेलम्ची खानोपानी आयोजना विकास समितिले हाललाई अस्थायी डाइभर्सनबाट पानी ल्याउने काम भए पनि पुस मसान्तसम्म निर्माणका सबै काम सम्पन्न हुने बताएको छ । आयोजना प्रमुख तिरेश खत्रीले भन्नुभयो, हेडवक्र्स निर्माणको ठेक्का अवधि पुस मसान्तसम्म छ तर कामका हिसाबले छिटो सकिन्छ, ७० प्रतिशत काम सम्पन्न भएको छ ।  ​लक्ष्मण दर्नालले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x