×

NMB BANK
NIC ASIA

बालुवाटारमा यस्तो भएको थियो ओली–प्रचण्ड सम्वाद

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तासीन नेकपामा शक्ति–संघर्ष साम्य भएको छैन। सहमतिको बिन्दु खोज्न आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले दुई–दुई विश्वासपात्रसहित बैठक गरे। साथमा थिए, ओलीतर्फ विष्णु पौडेल र शंकर पोखरेल, दाहालतर्फ जनार्दन शर्मा र वर्षमान पुन। अत्यन्त तिक्ततापूर्ण शुरूआत भएको बैठक अन्त्यतिर केही मत्थर भयो। फेरि सोमबार समाधानको खाकासहित वार्ता हुने भएको छ।

Muktinath Bank

प्रस्तुत छ, उक्त बैठकमा दुई अध्यक्षको वार्तालाप सुनेका नेताहरूसँग गरिएको कुराकानीका आधारमा उतारिएको संवाद :
स्थान : प्रधानमन्त्री निवास, बालुवाटार
समय : आइतबार मध्याह्न १२ः२०


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पात्र : केपी शर्मा ओली, पुष्पकमल दाहाल, विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा।


Advertisment
Nabil box
Kumari

ओली : (कुरा शुरू गर्दै) तपाईंहरू ६ जना बसेकै हुनुहुन्छ, हिजो पनि बस्नुभयो क्यारे। त्यहीं बन्यो होला नि सहमतिको खाका ? के के बनाउनु भएको छ ? बसेर के के गर्नु भएको छ ? लौ सुनाउनुहोस्।

Vianet communication
Laxmi Bank

दाहाल : तपाईंले सबै कुरा बर्बाद गर्ने भएपछि बस्नै पर्‍यो नि। अध्यादेश ल्याउने, पार्टी फोड्ने तयारी गरेपछि पार्टीलाई कसरी बचाउने, जोगाउने भनेर सल्लाह गर्नु परेन हामीले ? त्यही सल्लाह गरेका हौं बसेर।

ओली : मलाई त हटाउने कुरा गर्नु भएकै छ, राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउँदै हुनुहुन्छ क्यारे ... कहिले हो लगाउने ?

दाहाल : कस्ले भन्यो यस्तो हावादारी वाहियात कुरा ? राष्ट्रपतिको गरिमामय पदलाई समेत विवादमा तान्ने गरी यसरी प्रचारबाजी गर्ने ? कहाँ त्यस्तो गरिएको छ ?

ओली : मलाई थाहा छ। सूचना मकहाँ आइपुगेको छ। तपार्इंहरू बसेर के के गर्दै हुनुहुन्छ भन्ने कुराको..।

दाहाल : सूचना भए भन्नुहोस् के के छ ? कहाँ–कहा के के गरिएको छ ? गलत सूचनामा नलाग्नुहोस्।

०००

प्रधानमन्त्री ओली र दाहाल दुवैको घोचपेचमा बालुवाटार बैठक शुरू भयो। दुईतिर मुख फर्काउन थालेका दुई अध्यक्षको झोक्काझोक्कीमा चुपचाप बसेर सुनिरहेका थिए पौडेल, पोखरेल, पुन र शर्मा। वातावरण शुरूमै बिथोलिन खोजेपछि चुपचाप बसेका दोस्रो पुस्ताका यी ४ नेताहरू अगाडि सर्न थाले।

सहभागी ४ नेताहरू : (दुवै अध्यक्षलाई शान्त हुन आग्रह गर्दै) अहिले दुनियाँले यो हाम्रो छलफललाई हेरिरहेको छ, पार्टी र सरकारलाई जोगाउने र एकताबद्ध भएर कसरी निस्कने भन्ने हाम्रो अहिलेको छलफलको विषय हो। आपसी असमझदारी बढाउने होइन, घटाउनेतिर सोच्नुपर्छ। तर पनि स्थिति साम्य हुन सकेन।

दाहाल : तपाईंले हिजो मन्त्रीहरूलाई नै बोलाएर कित्ता छुट्ट्याउनुहोस् सम्म भन्न भ्याउनुभयो। तपाईंका गतिविधि एकपछि अर्काे गरी पार्टी एकता संकटमा पार्ने खालकै देखिएका छन्। यस्ता गतिविधि रोक्नुहोस्, म एकताकै कुरा गर्न आएको छु।

ओली : कसले एकता नगर्ने भनेको छ र ? तर तपाईंहरूका गतिविधि एकता जोगाउने छन् कि भत्काउने ? हेर्नु पर्दैन ? सोच्नु पर्दैन ?

दाहाल : तपाईं युवा विद्यार्थीलाई बालुवाटार बोलाउनुहुन्छ। पार्टी नेताहरू विरुद्ध सडकमा प्रदर्शन गर्न उतार्नुहुन्छ। गालीगलौजमा लगाउनुहुन्छ। यसले वातावरण बिथोल्ने मात्र काम गरेको छ।

ओली : कहाँ उचालें मैले ? उल्टै तपाईंहरू ग्याङ बस्नुहुन्छ, मविरुद्ध तानाबाना बुन्नुहुन्छ। घेराबन्दी गर्नुहुन्छ। मलाई सबै जानकारी छ। (फेरि दोस्रो पुस्ताका नेताहरू अगाडि सर्छन् )

दोस्रो पुस्ताका नेताहरू : कमजोरी दुवै पक्षका होलान्। अब गल्ती नदोहोर्‍याउने र यस्ता गतिविधिलाई नियन्त्रण गरेर जाने गरी वातावरण निर्माण गरौं। विश्वासको वातावरण पहिले बनाऔं। असमझदारी र आशंका हटाउने गरी अगाडि बढौं। एकअर्का नेताप्रति लक्षित गतिविधि र आरोप प्रत्यारोप रोकौं।

दाहाल : ठीक छ, यस्ता गतिविधि रोकौं, कसले हुन्न भनेको छ ?

ओली : ठीक छ, यसमा रोकौं। त्यसपछि दुई अध्यक्षबीच अनौपचारिक सहमति बन्यो– सडकमा एकअर्काकै पक्ष, विपक्षमा नउत्रने। नाराबाजी र प्रदर्शन रोक्ने। सामाजिक सञ्जालहरूमा आरोप प्रत्यारोप नगर्ने। वार्ता र संवादबाटै सहमतिको खोजी गर्ने। पार्टी एकताका लागि आह्वान गर्ने गरी वातावरण निर्माण गरेर जाने। दुवै अध्यक्ष केही शान्त र मत्थर देखिए। दोस्रो पुस्ताका नेताहरू : अब विषय प्रवेश गरौं। विवाद लम्ब्याउनेभन्दा सहमतिको खोजी गरौं। पार्टी एकतालाई जोगाउने गरी विन विन बाटो खोजौं।

ओली : तपाईंहरूले भन्दै गर्नुहोस्, तर म दुवै पद छोड्दिनँ। मैले पटक–पटक भनिसकें। यसमा म दायाँ–बायाँ हुन्न। कसैले यसरी भन्दैमा मैले किन दिने प्रधानमन्त्रीबाट राजीनामा ? किन छोड्ने पार्टी अध्यक्ष ? यो कल्पनाभन्दा बाहिरको विषय हो।

दाहाल : कहीँ न कहीँ सहमति त खोज्नैपर्छ। लचिलो कहाँसम्म हुने ?

ओली : म दुवै पद छोड्दिनँ। तपाईंहरू अनावश्यक उचालिने नगर्नुस्। कुरै सकिन्छ।

दाहाल : कहाँ त्यसरी हुन्छ ? तपाईंले केही न केही त्याग गर्नैपर्छ। साथीहरूले त्यसरी कुरा उठाइसकेपछि बैठकमा जाने, त्याग गर्ने काम तपाईंले गर्नैपर्छ।

ओली : सहमति मंसिर ४ मा दुई अध्यक्षको कार्य विभाजनमा गरिएको सहमतिबाट खोजौं। त्यहींबाट निस्कन्छ निकास। त्यसैलाई स्थायी समितिमा थप व्याख्या गरेर अनुमोदन गराएर जाऔं।

दाहाल : मंसिर ४ भन्दा अगाडिको पार्टी एकता गर्दाको २ जेठको सहमतितिर जाऔं न त। त्यसलाई आधार बनाएर खोजौं। कुरा त्यहींबाट बिग्रेको छ। त्यहीबाटै सपारेर जाऔं।

ओली : त्यसमा हुन्न। ४ मंसिरमा दुई अध्यक्षका बीचमा अधिकार बाँडफाँट भएकै छ। त्यहाँ कहाँ के नमिलेको हो, त्यसमा मिलाउन सकिन्छ।

दाहाल : ४ मंसिरको सहमति धेरै पछि हटिसक्यो, त्यसमा मात्र हुन्न। नयाँ सहमतिको खोजी गर्नुपर्छ। (वातावरण फेरि बिग्रने सम्भावना देखेपछि दोस्रो पुस्ताका नेताहरू अगाडि सरे।) दोस्रो पुस्ताका नेताहरू : यो हुन्छ, हुन्न भन्दा पनि सहमति के के मा कसरी गर्ने, खाका बनाएर छलफल थालौं।

दाहाल : ठीक छ, खाकै बनाएर छलफल गरौं।

ओली : हेरौं न त, कस्तो खाका ?

दोस्रो पुस्ताका नेता : भोलि बिहान ठण्डा दिमागमा छलफलमा बसौं। एउटा गृहकार्यसहितको खाकामा छलफल गर्ने गरी।

दाहाल : लौ ठीक छ, तपाईंहरू पनि अनौपचारिक रूपमा छलफल गर्नुहोस्, एकआपसमा छलफल गरौं। ठोस केही खाका बनाई सहमति खोजौं।

(ओली खास बोलेनन्।)

दाहाल : स्थायी समितिको बैठक छ, भोलि नै। त्यस अगाडि बिहानै बसौं।

(सोमबार बिहान छलफल गर्ने गरी दिउँसो १ः५० बजे नेताहरू उठे।) अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x