महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

१४ औं महाधिवेशनको कार्यतालिका बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितीको बैठक सोमवार पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजे बस्ने बैठकले महाधिवेशन कार्यतालिकालाई अन्तिम रुप दिने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । 


Advertisement

फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी मिति तय भइसकेको छ भने कार्यतालिकालाई अन्तिम रुप दिन बाँकी रहेको छ । 

आइतवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेताहरुसँग भएको छलफलबारे वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रश्न गरेपछि सभापति शेरबहादुर देउवाले सरकारमा जानेबारे छलफल नभएको दावी गरेका थिए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्