नेकपाका केन्द्रीय कमिटी सदस्यहरूको धुम्बाराहीमा अनौपचारिक भेला

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र संकट गहिरिँदै गएको अवस्थामा विवाद समाधानका निम्ति हस्तक्षेपकारी दबाब दिन केन्द्रीय कमिटीका नेताहरू अनौपचारिक छलफलमा केन्द्रित भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार केन्द्रीय कमिटीका नेताहरू जम्मा भएर अनौपचारिक छलफल गरिरहेका छन् ।


Advertisement

धुम्बाराहीमा करीब ५० जना केन्द्रीय कमिटी सदस्यहरूको अनौपचारिक भेला भएको त्यहाँस्थित एक युवानेताले बोलाए ।

भेलामा केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने विषयमा छलफल भइरहेको छ । 'पार्टीलाई फुटबाट जोगाउन हाम्रो हस्तक्षेप आवश्यक देखिएको छ,' ती नेताले भने, 'हामीले एक चौथाई सदस्यहरूको हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठक बोलाउन पार्टीलाई आग्रह गर्छौं ।'


Advertisement

उपत्याका बाहिर रहेका नेकपाका केन्द्रीय कमिटी नेताहरू यसअघि पनि जुम मिटिङमा छलफल गरेर हस्तक्षेपकारी भूमिका बढाउन सहमत भएका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्