मास्क नलगाई घर बाहिर निस्कँदै हुनुहुन्छ ? सावधान ! कारबाहीमा परिएला

तपाई मास्क नलगाई घर बाहिर निस्कनुभयो ? सावधान अब कारबाहीमा परिन्छ । 

गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क नलगाई हिड्नेलाई कारबाही गर्न  निर्देशन दिएको हो । 


Advertisement

असार १ गते लकडाउन खुकुलो बनाउने नीति लिएसँगै मास्क, स्यानिटाइजर तथा अन्य सुरक्षाका उपाय अवलम्बन गर्न निर्देशन दिएको थियो । तर नागरिकले स्वास्थ्यका सामान्य नियम पनि पालना नगरेको पाइएकाले सो निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव केदारनाथ शर्माले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, मन्त्रालयले सोमवार ७७ वटै जिल्लामा लागू गर्नेगरी मास्क नलगाउनेलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । 


Advertisement

सरकारले असार १ गतेदेखि सरकारी कार्यालय तथा व्यापार व्यवसाय खुला गरेको छ । विद्यालय तथा सार्वजनिक यातायात खुलाइएको छैन । यद्यपी शहरी क्षेत्र तथा अन्य क्षेत्रमा पनि भीड बाक्लिंदै गएको छ । भीडभाड बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै मन्त्रालयले अनिवार्य कामबाहेक अन्य अवस्थामा बाहिर ननिस्किन पनि आह्वान गरेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्