घट्यो कोरोना संक्रमणको दर, पछिल्लो २४ घण्टामा १ सय ८० मा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा जम्मा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित ब्रिफिङमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १सय ८० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।


Advertisement

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ६४ रहेको छ भने जम्मा डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ रहेका छन् ।

   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्