२७ जेठ २०८३, बुधबार

महाअभियोगको विरुद्धमा एमाले र राप्रपाको कडा प्रतिक्रिया

कात्तिक २०, २०७४
महाअभियोगको विरुद्धमा एमाले र राप्रपाको कडा प्रतिक्रिया
काठमाडौं, १७ वैशाख - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्व महाभियोग प्रस्ताव दर्ता हुनुलाई दूर्भाग्य भएको बताएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सांसदले संसदमा आइतवार महाभियोग प्रस्ताव दर्ता भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘प्रधानन्यायाधीस सुशीला कार्की बिरुद्ध कांग्रेसरमाओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण,’ ट्विटरमा प्रतिक्रिया दिँदै थापाले भनेका छन्, ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण ।’
यस्तै, कार्कीविरुद्व संसदमा महाभियोग दर्ता भएसँगै त्यसप्रति नेकपा एमालेले कडा प्रतिक्रिया दिएको छ । महाभियोग प्रस्ताव दर्ता भएसँगै नेकपा एमालेका नेता शंकर पोखरेलले सत्तारुढ दलको हर्कतले जनआन्दोलनको आवश्यकता निम्त्याएको बताएका छन् ।

‘सत्तारुढ दलहरुको हर्कत हेर्दा अर्को जनआन्दोलनको अपरिहार्य बन्दैछ,’ सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘त्यो जनआन्दोलन आफ्नो निर्णय आफै गर्न सक्षम राज्यको निर्माणका लागि हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्