पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सार्वजनिक उपयोगका लागि कोभिड–१९ को खोपको शुभारम्भ मिति तोकिनु सही नभएको भन्दै भारतीय वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
दी इन्डियन एकेडमी अफ सायन्सेजले हतार गर्दा कठोर वैज्ञानिक प्रक्रिया र मापदण्डमा सम्झौता गर्नुपर्ने बाध्यता आइलाग्ने चेतावनी दिएको छ ।
दी इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले भारतको स्वतन्त्रता दिवस अर्थात् अगस्ट १५ मा खोप सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको थियो ।
तर आईसीएमआरले यो मिति कुनै डेडलाइन नभएको जनाएको थियो ।
आईसीएमआरका प्रमुख बलराम भार्गवले कोभाक्सिन नामक खोपको मानवमाथिको परीक्षणका लागि छानिएका १२ वटा संस्थालाई पत्र पठाएर अगस्ट १५ को मिति तोकेपछि यो विवाद उठेको हो ।
त्यसमा उनले मानवीय परीक्षण द्रुत गतिमा गर्नुपर्ने ताकि स्वतन्त्रता दिवसमा त्यसलाई सार्वजनिक गर्न सकियोस् भनी निर्देशन दिएका थिए ।
त्यस विषयलाई झनै अस्पष्ट बनाउने गरी भारतको विज्ञान प्रविधि मन्त्रालयले कोभाक्सिन लगायत कुनै पनि खोप सन् २०२१ अगावै सार्वजनिक उपयोगका लागि तयार हुने सम्भावना नरहेको भनी अघिल्लो बयानमा उल्लेख गरेको एक पंक्ति नै डिलिट गरिदिएको थियो ।
त्यसपछि विरोध र आलोचनाको शृंखला नै चल्यो । धेरैले अगस्ट १५ को डेडलाइन देखावटी मात्र भएको र यसले भारतको विश्वसनीयतालाई गम्भीर असर पार्ने बताए ।
बीबीसीबाट
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...