काठमाडाैँ उपत्यकामा एकैदिन ५४ जनामा काेराेना संक्रमण, काेराेनाकाे जाेखिम बढ्याे

काठमाडाैँ उपत्यकामा काेराेना भाइरसकाे संक्रमितकाे संख्या बढेकाे छ। आइतबार थप ३० जनामा स‌ंक्रमण देखिएकाेमा साेमबार याे संख्या बढेर ५४ जना पुग्याे।

साेमबार १ सय ८० जनामा काेराेना संक्रमण देखिएकाेमा उपत्यकामा ५४ जना रहे। काठमाडौँमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो ।


Advertisement

तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा सङ्क्रमण सरेको हुनसक्ने बताइएको छ।   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्