×

NMB BANK
NIC ASIA

सिलाईकटाई सिकेका दलित महिला भन्छन् : हामीहरूका लागि साँच्चै सरकार आएको रहेछ

असार २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सावित्री सुनार वीरेन्द्रनगर वडा नम्बर ६ मा बस्छिन् । उनका श्रीमानले निजी कम्पनीमा काम गर्दै आइरहेका छन् ।

Muktinath Bank

उनको घरमा श्रीमानले कमाएर ल्याएको पैसाबाहेक अन्य आम्दानी शून्य छ । उनीसँग अन्य कुनै सीप छैन । गृहिणी भएर आजसम्म बसेकी थिइन् । तर अहिले भने उनमा हिम्मत आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘फागुन एक गतेदेखि म सिलाईकटाई तालिम गर्न आएकी हुँ । लकडाउनका कारण चैत ११ देखि सिलाईकटाई बन्द भएपनि अहिले फेरि सिकिरहेको छु,’ सावित्रीले भनिन्, ‘भोटा, कुर्ता सुरुवाल सिलाउन सिकिसकेको छु । सर्ट र पाइन्ट सिलाउन सिकिरहेको छु ।’ 


Advertisment
Nabil box
Kumari

काम पूर्ण रुपमा सिकेपछि तीन चार जना महिला मिलेर सिलाईकटाई पसल खोल्ने सोच भएको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

सुमन नेपाली पनि सिलाईकटाई तालिम सिकिरहेकी छिन् । ‘हाम्रो जातलाई आधार बनाई धेरैले ठगेका थिए । तर यो सरकार हामी दलित महिलाका लागि आएको रहेछ भन्ने महसुस भएको छ,’ उनले भनिन्, ‘वास्तविक रूपमा गरिब, विपन्न र हामी दलित महिलाको  जीवनस्तर उकास्न र हामीलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम अत्यन्त उपयोगी छ । हामीले सिकेको सीपलाई थप निखार्न सरकारले थप तालिमको व्यवस्था गरोस् ।’

लक्ष्मी बस्यालले तालिम सिके पनि कम्तिमा रोजगारीको ग्यारेण्टी सरकारले गर्नुपर्ने बताइन् । ‘सरकारले लाखौं लगानी गरेर हामीलाई सीप सिकाएको छ,’ उनले भनिन्, ‘अब हामीले सिकेको सीपबाट उत्पादन हुने वस्तुको बजारीकरण वा रोजगारीको व्यवस्थापन सरकारले गरिदेओस् ।’ 

तीन महिने तालिममा ३० जना दलित महिलाहरू सहभागि छन् । 

प्रशिक्षक अम्बर नेपालीले तीसै जना महिलालाई अम्ब्रेला कम्पनीको एक /एक वटा मेसिन, आइरन जस्ता चीजहरू दिने बताए ।

‘१५ हजार ९०० भ्याट बाहेकको एक मेसिन, तीन हजार रुपैयाँको प्रेस, १५ सय रुपैयाँको कैंचीलगायतका आवश्यक सामाग्री हस्तान्तरण गर्दैछौं,’ उनले भने,‘लकडाउनका कारण केही ढिला भएपनि अहिले २ सिफ्टमा राखेर सिकाइरहेका छौं । दआठ प्रकारका वस्तु निर्माणका लागि सिप सिकाइएको हो । आगामी एक सातमा सबै कार्यक्रम समापन हुनेछ ।’

उनले यहाँ सिकेका महिलाहरूलाई जुनसुकै समयमा पनि थप तालिम दिन आफुहरू तयार रहेको बताए ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले तीसै जना महिलालाई थप डिजाइनको तालिम दिन नगरपालिका तयार भएको बताइन् । ‘उहाँहरूलाई के आवश्यक पर्छ हामी सहयोग गर्न तयार छौं,’ उनी भन्छिन्, ‘एक महिने डिजाइनको तालिम दिन हामी तयार छौं । म आफैं पसल खोल्छु, आत्मनिर्भर बन्छु भन्ने धारणा बनाउनुस् सरकार तपाईसँगै छ ।’

जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले दलित, विपन्न लक्षित कार्यक्रमले वास्तविक रुपमा तल्लो तहमा सकारात्मक काम गरेको बताए । ‘मैले धेरै स्थानमा अनुगमन गरेको छु । त्यहाँ वास्तविक रुपमा लक्षित वर्गको हातमा कार्यक्रम पुगेको छ,’ उनी भन्छन्, ‘यस्ता प्रकृतिका कार्यक्रमहरू धेरै भन्दा धेरै लागू गर्न जरुरी छ ।’

प्रदेश सभा सदस्य राजु नेपालीले दलित समूदायका महिलाले पनि काम गरेर आत्मनिर्भर बन्न सक्छन् भन्ने देखाउन कार्यकाय यहाँ छानिएको हो । उनले भने, ‘दलित महिलाले पनि काम गर्न र आत्मनिर्भर बनेर समाजमा अघि बढ्न सक्छन् भन्ने ध्येयका साथ यो कार्यक्रम यहाँ  छानिएको हो ।’

४० लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रमले तालिम सिकेका महिलाहरूमा उत्साह छाएको छ ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले ४० लाखमध्ये ८ लाख रुपैयाँ बराबरको च्याउ खेती तथा ३२ लाख रुपैयाँ बराबरको यो कार्यक्रम रहेको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x