ओली–प्रचण्डबीच तेस्रो दिन साढे २ घण्टा वार्ता

पार्टीभित्र देखिएको विवाद समाधानको विषयमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार पनि छलफल भएको छ ।

सहमतिको प्रयास भन्दै दुई अध्यक्षबीच लगातार तेस्रो दिन वार्ता भएको हो । 


Advertisement

ओलीसँगको वार्ता सकेर प्रचण्ड दिउँसो पौने १ बजे बालुवाटारबाट बाहिरिएका छन् । नेताका सहयोगीहरूले छलफल सकारात्मक रहेको बताएका छन । ​अध्यक्षद्वयबीच हिजो सोमवार र अस्ति आइतवार पनि छलफल भएको थियो । 

सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक बुधवारसम्म स्थगित गरेर ओली प्रचण्डले नियमित छलफल गरिरहेका छन् ।  अध्यक्षद्वयलाई सहमतिको जिम्मा लगाएर बैठक असार १८ गतेदेखि स्थगित छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्