भक्तपुरमा इनारबाट निस्कियो ग्यास, पूजा गर्ने क्रममा आगोको लप्का निस्किएर एक महिला घाइते

प्रतिकात्मक तस्वीर

चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते घाइते भएकी छन् ।

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो ।


Advertisement

उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कम्पाउण्डमा इनार खनाएकी थिइन् । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ ।


Advertisement

सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो ।

सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।

कमेन्ट गर्नुहोस्