नक्कली प्रमाणपत्रले जागिर खाएकी कान्ति अस्पतालकी नर्सविरुद्ध भ्रष्टाचार मुद्दा

प्रतिकात्मक तस्वीर

नक्कली प्रमाणपत्र पेश गरेर कान्ति बाल अस्पतालमा नर्स एड पदमा कार्यरत पवित्रा अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा नक्कली प्रमाणपत्र पेश गरेर सार्वजनिक पद धारण गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।


Advertisement

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको जानकारी दिए ।

विज्ञप्तिमा उल्लेख छ, ‘कान्ति बाल अस्पतालका नर्स एड पवित्रा अधिकारी समेतको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले पशुपति चावहिलबाट एसएलसी पास गरेको शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र पेश गरी मिति २०६४/०६/०१ देखि हालसम्म कान्ति बाल अस्पतालको नर्स एड पदमा वहाल रही सार्वजनिक पद धारण गरी लाभ लिएको देखिएकाले निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिएको हुँदा निज पवित्रा अधिकारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्