उपत्यकामा कोरोना संक्रमण बढेपछि रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

फाइल फोटो

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ ।

गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बतााए ।


Advertisement

यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधवार हुने भनिएको थियो ।  विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पनि बढ्दै गएको छ । काठमाडौं उपत्यकामा पनि केही दिनयता कोरोना संक्रमण बढिरहेको छ ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो । 


Advertisement

केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल  राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो ।

“हालको समय र परिस्थितिका कारणका हामीले भोलि (बुधबार) रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौं”, संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्