के तपाईंको एनआईसी एशिया बैंकको कर्जामा ९.९९ % भन्दा बढी ब्याजदर छ ?

एनआइसी एशिया बैंकले असार मसान्तसम्मको सम्पूर्ण साँवा र ब्याजको बक्यौता रकम तिरेमा ९.९९ प्रतिशत ब्याजदर कायम गर्ने स्पष्ट पारेको छ ।

बैंकले मंगलवार एक विज्ञप्ति जारी गर्दै अबको ८ दिनभित्रमा बक्यौता रकम तिरेमा साउन १ देखिको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने दोहोराएको छ ।  


Advertisement

बैंकले  ऋणीले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहक महानुभावहरूको बैंक खातामा जम्मा समेत गरिएको जनाएको छ । 

 बैंकले सुपर चमत्कारिक कर्जा सम्बन्धी केही जिज्ञासा राख्नका लागि समेत यस ‘कर्जा सहायता केन्द्र’ सञ्चालनमा ल्याएको जनाउँदै यसले ग्राहकलाई थप सहज बनाएको जनाएको छ । 


Advertisement

  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्