नेकपा स्याङ्जाका अध्यक्ष भन्छन् - समाजवाद उन्मुख संविधानको पूर्ण कार्यान्वयनले पार्टी विभाजन रोक्न सक्छ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका अध्यक्ष सूर्य गैरे पारसले दलीय प्रतिस्पर्धामा आधारित वैज्ञानिक समाजवादमा सबैको प्रतिबद्धता हुने हो भने भ्रष्टाचार स्वत: न्यूनीकरण हुने बताएका छन् । 

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले पार्टीलाई फुट र विभाजनमुक्त गर्न समाजवादउन्मुख संविधानको सही कार्यान्वयन हुनुपर्ने बताएका हुन् । 


Advertisement

'हामी सबैलाई समयले नै सिकाउँदै गएको छ। उदार अर्थराजनीतिले राष्ट्रहरु बलियो नहुने र वर्ग खाडल गहिरिँदै जाने रहेछ भने निरंकुश कम्युनिस्ट राजनीतिले सिर्जनात्मक विकासको सम्भावनालाई अंकुश लगाउने रहेछ,' उनले भनेका छन्, 'त्यसैले हामिहरु नयाँ विचार र कार्यक्रममा समृद्ध हुनु नै आजको समस्याको सहि सामाधान हो ।' 

उनले दलीय प्रतिस्पर्धामा आधारित वैज्ञानिक समाजवादमा हामी सबैको प्रतिबद्धता हुने हो भने पारदर्शी र जनउत्तरदायी राज्य बनाउन कुनै गाह्रो विषय नहुने बताए । जनउत्तरदायी राज्यव्यवस्थामा भ्रष्टाचार स्वत: अति न्यून भएर उनको भनाइ छ । 


Advertisement

'त्यसैले हामी मार्क्सवाद/लेनिनवाद/माओवाद/जनताको बहुदलीय जनवाद र जनयुद्वले स्थापित गरेका सहि विचारलाई गतिशील दृष्टिकोणवाट आत्मसात गरौं,' उनले लेखेका छन्, 'समाजवाद उन्मुख संविधानलाई सही कार्यान्वयन कसरी गर्ने भन्ने कुरामा सहमत भएर छलफल गरौं । हाम्रो पार्टीमा कहिल्यै गुट र विभाजनको समस्या आउँदैन । हाम्रा सरकारहरु कहिल्यै असफल र अलोकप्रिय हुनुपर्दैन ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्