प्रदेश १ मा एकैदिन ९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ६ सय ८५ पुग्याे

प्रतिकार्यात्मक तस्वीर।

प्रदेश १ मा  मंगलबार ९ जनामा कोभिड–१९ सङ्क्रमित पुष्टि भएको छ। यसरी सङ्क्रमित हुनेहरुमा मोरङका ६, सुनसरीका २ र झापाका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार आज पोजेटिभ देखिएकामा मोरङको विराटनगरका दुई महिलासहित ६, सुनसरीको धरानका १ महिलासहित २ र झापाको बाह्रदशीका १ जना रहेका छन् । प्रदेशमा योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या ६ सय ८५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  
    
प्रदेशबाट मंगलबार सात सङ्क्रमित निको भइ घर फर्केका छन्।


Advertisement

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका तीन महिलासहित सातजना घर फर्केका छन्। निको हुनेहरुमा मोरङका चार र सुनसरीमका तीन जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रुब उरावले जानकारी दिए। निको हुनेहरुमा ६ वर्षीया बालिकादेखि ५० वर्ष उमेर समूहका रहेका उनले बताए। योसँगै प्रदेशमा निको भई घर फर्कनेको सङ्ख्या ४ सय ७९ पुगेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्