माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पीसीआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ ।
पछिल्लो १ हप्तामा दैनिक ४ हजार ७७७ जनाको पीसीआर परीक्षण गरिँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन प्रतिदिन घट्दै गएको छ ।
गत बुधवार ४ हजार ८०६, बिहीवार ४ हजार ५३७, शुक्रवार ४ हजार ४८३, शनिवार ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको थियो ।
गत आइतवार ४ हजार ७१०, सोमबार ४ हजार ७२१ र मंगलवार ६ हजार १३३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो १५ दिनको अवधिमा ६ हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । गत ९ असारमा १० हजार ९९ जनामा कोरोना पोजेटिभ देखिएकामा मंगलवार संक्रमितको संख्या १६ हजार १६८ पुगेको हो ।
मुख्यतः लकडाउन खुकुलो हुनु, पीसीआर परीक्षण नै नभई रेस्क्यु फ्लाइटमार्फत विभिन्न देशबाट नेपाल भित्रिनु लगायतका कारण पनि जोखिम बढेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन छन् । उनले भने, ‘केही नागरिक विदेशबाट रेस्क्यु फ्लाइटमार्फत आउँदा पीसीआर टेस्ट नै नगरी आउने गरेको पाइयो । लकडाउन खुकुलो हुँदै जाँदा पनि जोखिम बढेको हो ।’
काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने खतरा बढेको विज्ञहरूको भनाइ छ । संक्रमण देखिएका जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं नागरिक काठमाडौं भित्रिँदै आएका छन् । उनीहरूलाई क्वारेन्टीनमा नराखिँदा जोखिम झन् बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले विदेशबाट चार्टर फ्लाइटमा आइरहेका व्यक्तिलाई अनिवार्य क्वारेन्टीनमा नराखिँदा उनीहरू घरमा पुगेपछि परीक्षण गर्दा संक्रमण देखिने गरेको बताए । उनले भने, ‘काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना परीक्षण गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ ।’
काठमाडौं उपत्यकामा मंगलवार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण देखिएको बताए ।
मंगलवार मात्रै काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनालाई संक्रमण देखिएको छ । यससँगै हालसम्म काठमाडौंमा १७४ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामा हालसम्म २६६ जनामा कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिकमा खबर छ ।
मंगलवार देशभर थप २०४ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ८ हजार ६३४ जना आइसोलेसनमा छन् । २५ हजार ७२७ जना क्वारेन्टीनमा बस्दै आएका छन् । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितमध्ये ७ हजार ४९९ जना डिस्चार्ज भएका छन् ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...