नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादमा सहमति हुन नसक्दा नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै गएको छ ।
यसअघि स्थगित भएर बुधवार बस्ने गरी तोकिएको बैठक पुनः स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै बैठक असार २६ गते बिहान ११ बजेसम्म स्थगित भएको जानकारी दिएका छन् ।
यसअघि असार २२ गतेका लागि राखिएको बैठक स्थगित भएर २४ गतेसम्म सरेको थियो । त्यसअघि असार २० गते बस्नुपर्ने बैठक २२ गतेलाई सरेको थियो । त्यसअघि असार १८ गते केही समय बसेर स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद बढ्दै गएको छ । विवाद समाधानका लागि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘‘प्रचण्ड’बीच वार्ता भएपनि सहमति हुन सकेको छैन ।
लोकान्तर संवाददाता