सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया

सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । 

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा सभामुख सापकोटाको दायाँ आँखामा मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।


Advertisement

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । 

केही समययता सापकोटाको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरूको सल्लाहमा बुधवार शल्यक्रिया गरिएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।


Advertisement

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेे गरी सभामुख सापकोटा स्वयंले बेहोरेको न्यौपानेले बताए ।

शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्