मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
महानगरीय अपराध महाशाखाले ठगी आराेपमा एक जनालाई पक्राउ गरेकाे छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा जागिर लगाइदिने लोभ देखाएर ठगी गरेकाे आराेपमा प्रहरीले नवलपुरको देउचुलीस्थित प्रगतिनगरका विजय पाण्डेलाई पक्राउ गरेकाे हाे। उनले आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी हुँ भन्दै जागिर लगाइदिने बहानामा रकम ठगेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
डब्लूएचओमा जागिर खुलेको भन्दै चितवन भरतपुरकी अस्मिता अधिकारीलाई सम्पर्क गरी अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीका कागजातसमेत बनाई विश्वासमा पारी गत वैशाखमा आईएमईमार्फत एक लाख ८२ हजार लिएर फरार भएका थिए। उजुरीका आधारमा खोजी अभियानका क्रममा महाशाखाको टोलीले उनलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो।
उनलाई मङ्गलबार काठमाडौँको बानेश्वरबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकुमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
अनुसन्धानका क्रममा उनले अन्य व्यक्तिलाई समेत ठगी गरेको खुल्न आएको । काठमाडौँका फर्निचर व्यवसायी धनबहादुर विष्टबाट १८ लाखको फर्निचर किन्छु भनी ५० हजार ठगी गरेको, चितवन भरतपुरका निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयमा जागिर लगाइदिने भनी तीन लाख ५० हजार ठगी गरेको पाइएको छ ।
यस्तै अछामकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाइ तलब नदिई ठगी गरेको र नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङका कासी गुरुङ तथा ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरेसमेतलाई जागिर लगाउने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...