अमेरिकी सरकारकाे निर्णयविरुद्ध अदालत पुगे हार्वर्ड र एमआईटी विश्वविद्यालय

अमेरिकी सरकारकाे  पछिल्लाे निर्णयविरुद्ध त्यहाँका दुई शीर्ष विश्वविद्यालय अदालत पुगेका छन्।

अमेरिकाले सरकारले इमिग्रेशन सम्बन्धी नयाँ नियम बनाउँदै अन्य देशका विद्यार्थीलाई अनलाइन काेर्ष लिने विद्यार्थीलाई त्यहाँ रहने अनुमति नदिने घाेषणा गरेकाे थियाे।


Advertisement

कोरोना महामारी चलिरहेका बेला अधिकांश विश्वविद्यालय अनलाइनबाट कक्षा चलाइरहेका छन्।

विश्वकै उत्कृष्ट हार्वर्ड विश्वविद्यालय र म्यासाच्यूटएस इन्स्टीट्यूट चफ टेक्नाेलाेजीले नयाँ इमिग्रेशन कानुनमा राेक लगाउन माग गर्दै संघीय अदालतमा अपील गरेका हुन्।


Advertisement

अमेरिकाको याे निर्णय कार्यान्वयनमा आए विदेशका विद्यार्थी देश निकालाकाे डरले पढाइ छाड्न सक्ने चिन्ता व्यक्त गरिएकाे छ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्