×

NMB BANK
NIC ASIA

विद्युतीय तार भूमिगत कार्य सुस्त

असार २५, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि शुरू गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

काम शुरू गरेको करिब एक महिनामै कोरोना विषाणु सङ्क्रमण जोखिमका कारण नेपाल र भारतमा भएको बन्दाबन्दीका कारण यो कार्य जारी भए पनि अपेक्षाकृत तीव्रता पाउन नसकेको प्राधिकरणले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका वितरण लाइन भूमिगत गर्न थालेको हो । बन्दाबन्दीका कारण घर फर्किएका प्राविधिक तथा कामदार आउन नपाउँदा र आवश्यक सामग्री परीक्षण गरी नेपाल ल्याउन समस्या भएकाले काम सुुस्त भएको हो । यद्यपि बन्दाबन्दीका समयमा पनि चाबहिललगायत केही स्थानमा काम जारी राखिएको थियो ।


Advertisment
Nabil box
Kumari

भारतीय निर्माण कम्पनी एईआई इन्डस्ट्रिजसँग रत्नपार्क र महाराजगञ्ज क्षेत्रको सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने गरी २०७५ चैतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार यी दुई क्षेत्रमा ११ केभी प्रसारण लाइन करिब चार सय किलोमिटर र चार सय भोल्टेज क्षमताको ३५० किलोमिटर तार भूमिगत हुने छ ।

Vianet communication
Laxmi Bank

एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा हुन लागेको यो कार्यका लागि करिब सात अर्ब रुपियाँ लाग्ने अनुमान छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार अहिले कामदार अभाव प्रमुख समस्या बनेको छ ।

'बन्दाबन्दीका कारण भारतीय कामदार आउन सकेका छैनन्, उनले भने, 'यहीँ उपलब्ध कामदारकै भरमा काम गर्दा ठेकेदारले तीव्र गतिमा काम गर्न सकेको छैन । अब अवस्था सहज भएमा निर्धारित समयमै काम सकिन्छ ।'रत्नपार्क र महाराजगञ्ज वितरण प्रणाली भूमिगत गर्ने काम साढे दुई वर्षमा सम्पन्न गर्ने गरी फागुनबाट काम थालिएको थियो ।

सामान आपूर्तिमा पनि समस्या भएको उनको भनाइ छ । 'अप्टिकल फाइबरलगायत अन्य उपकरण परीक्षण गरेर मात्रै ल्याउनुपर्ने हुन्छ,” उनले भने, 'इिनिस्पेक्सन गर्ने कार्य हुन नसक्दा सामान ल्याउन समस्या भएको हो ।'सहरी क्षेत्रलाई तारमुक्त बनाउने नीतिअनुरूप विद्युत्का अतिरिक्त टेलिफोन, इन्टरनेट, केबल टेलिभिजनका तार पनि भूमिगत गर्ने गरी प्राधिकरणले ४८ फाइबरयुक्त अप्टिकल फाइबर पनि भूमिगत गरिरहेको छ ।

काठमाडाैं, ललितपुर र भक्तपुरका विद्युत् वितरण लाइन पनि ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि यो कार्यक्रम विस्तार गर्ने बताइएको छ ।

सहरी क्षेत्रमा भूमिगत तार विस्तार गर्ने क्रममा सडक तथा फुटपाथलाई सकेसम्म कम असर गर्ने गरी जमिन खन्ने गरिएको छ । सीधा दूरीमा करिब दुई सय मिटरसम्म जमिनमुनिबाटै टनेल खन्ने होरिजेन्टल ड्रिलिङ मेसिन प्रयोग गरिएको छ ।

एक स्थानमा आठ क्युबिक मिटर खाडल खनेर यो मेसिन जोड्दा दुई सय मिटर सीधा दूरीमा जमिनमुनिबाटै यसले भित्रभित्रै प्वाल खन्छ । तार राख्नुपर्ने क्षेत्रमा खानेपानी, ढल दूरसञ्चारलगायतका पूर्वाधार भए नभएको पहिचान गर्न ग्राउन्ड पेनिट्रेटिङ राडार उपयोग हुन्छ ।  गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x