दर्ता भयो जनता समाजवादी पार्टी, बन्यो देशको तेस्रो ठूलो दल

फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

दल दर्ताका लागि निवेदन दिएको ठ्याक्कै एक महिनापछि दल दर्ता गर्ने निर्णयमा निर्वाचन आयोग पुगेको हो ।


Advertisement

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई गठित जसपा दर्ताका लागि गत जेठ २५ गते निर्वाचन आयोगमा निवेदन परेको थियो ।

जसपाका शीर्ष नेताहरूले आयोगमा पुगेर निवेदन र पार्टी एकीकरणसम्बन्धी सहमतिको दस्तावेज बुझाएका थिए ।


Advertisement

एकीकरणअघि यी दुई दल संसदमा तेस्रो र चौंथो दलको हैसियतमा थिए ।

एकीकरणसँगै संसद्को तेस्रो शक्ति बनेको छ । दल दर्ताको प्रक्रिया पूरा भइनसक्दा संसद्मा भने हालसम्म दुवै दलको अस्तित्व थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्