भारतीय मिडियालाई नारायणकाजीको चेतावनी– 'अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर'

नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले आपत्ति जनाएका छन् ।

बिहीवार ट्वीट गर्दै श्रेष्ठले बकवास बन्द गर्न चेतावनी दिएका छन् ।


Advertisement

राष्ट्रिय सार्वभौमिकताको रक्षा र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरू एकढिक्का रहेको भन्दै श्रेष्ठले फुटाउ र स्वार्थ पूरा गर भन्ने नीति सफल हुन नदिने उल्लेख गरेका छन् ।

'भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर,' श्रेष्ठले लेखेका छन्, 'हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।'


Advertisement

हेर्नुहोस्, ट्वीट :

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्