प्राधिकरणलाई विकास समितिको निर्देशन : गुम्बाहरूको निर्माण द्रुत गतिमा अगाडि बढाऊ

संसदको विकास तथा प्रविधि समितिले पुनर्निर्माणको क्रममा रहेका गुम्बा तथा अन्य पुरातात्विक महत्वका संस्थानहरूको द्रुत गतिमा निर्माण कार्य अगाडि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ । 

बिहीवार बसेको समितिको बैठकले ती संस्थानहरूको स्रोत व्यवस्थापन गरी द्रुत गतिमा निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।


Advertisement

समितिले निर्माणाधीन धरहरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा रानीपोखरी लगायतका स्थानहरूको संसदीय टोली बनाई स्थलगत अध्ययन अवलोकन गर्ने पनि निर्णय गरेको छ । 

अन्तर निकाय तथा अन्तर तह समन्वय गरी अघि बढाइनुपर्ने पुनर्निर्माणका कार्य सम्बन्धी कागजात निश्चित समयभित्रै काम सम्पन्न हुने गरी टुंगोमा पुर्‍याउने व्यवस्था मिलाउन पनि पुनर्निर्माण प्राधिकरणलाई समितिले निर्देशन दिएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्