बुढानिलकण्ठ विद्यालयले शुल्क नलिने

प्रतिकात्मक तस्वीर

बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ ।

विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए ।


Advertisement

उनले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिए ।

विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो । 


Advertisement

कमेन्ट गर्नुहोस्