एनआइसी एशिया लघुवित्तको साधारण शेयर नेप्सेमा सूचीकृत

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ४८ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको  छ । 

सर्वसाधरणमा वितरण गरिएको  ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ लाख कित्ता शेयर  बुधवार नेप्सेमा सूचिकरण भएको हो । 


Advertisement

यस संस्थाले  आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ७ अर्ब २२ करोड पुर्‍याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब १ करोड पुर्‍याउन वित्तीय संस्था सफल भएको छ ।

वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रति शेयर आम्दानी रु १६.३० रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्