×

NMB BANK
NIC ASIA

वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल

असार २५, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको छैन ।

Muktinath Bank

सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट भइरहेको वैकल्पिक सिकाइ केवल लामो समयमा घरमा रहनुपरेका बालबालिकालाई सिकाइको निरन्तरता मात्रै भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्पष्ट गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक वैशाख पहिलो साता नयाँ शैक्षिक सत्रको थालनी हुँदै आएकामा यो वर्ष कोरोना महामारीले प्रभावित बनाउँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले बन्दाबन्दीका कारण प्रभावित विद्यालयमा वैकल्पिक सिकाइ प्रणाली कार्यान्वयनको अभ्यास र स्थानीय तहको भूमिकाबारे बिहीवार आयोजना गरेको भर्चुअल छलफलमा केन्द्रका निर्देशक माधवप्रसाद दाहालले भने, ‘वैकल्पिक विधिकै आधारमा नयाँ शैक्षिक सत्र शुरू भयो । पढाइ नै यही हो भन्ने होइन । यो मूल्यांकन प्रणालीमा आबद्ध भइहालेको छैन ।’

Vianet communication
Laxmi Bank

दाहालले सूचना तथा सञ्चारमा पहुँच भएका र नभएका बालबालिकाको वर्गीकरणसहित ती विद्यार्थीलाई लक्षित गरी श्रव्यदृश्य, पाठ्यपुस्तक र स्वाध्यायन सामग्री विकास गरी विभिन्न माध्यमबाट पठाइएको जानकारी दिए ।

छलफलमा सिन्धुलीका विभिन्न स्थानीय तहका शिक्षा अधिकारीले वैकल्पिक सिकाइ सहजीकरण र अनुगनको अभ्यास भइरहेको अवगत गराएका थिए । जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नेत्र गजुरेलले जिल्लामा भएका र अन्य जिल्लाका १४ वटा रेडियोको सहयोगमा माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का लागि पनि तयारी कक्षा सञ्चालन गरिएको अनुभवका आधारमा अहिले तिनै माध्यमबाट सिकाइ शुरू गरिएको जानकारी दिए । उनले रेडियो नसुनिने र टेलिफोन नलाग्ने विकट गाउँमा टोलटोलमा शिक्षक परिचालन गरी ‘होमवर्क प्याकेज’ सञ्चालन गरिएको बताए ।

स्थानीय तहले विभिन्न स्वाध्यायन सामग्री छपाइ गरी वितरण र रेडियो स्टेसनबाट कक्षा सञ्चालन भइरहेको तथा साप्ताहिकरुपमा गृहकार्य र पढाइको अनुगमन गरी विद्यार्थीका विषयगत समस्यालाई सम्बन्धित शिक्षकमार्फत समाधान गराएको जनाएका छन् ।

महासंघका अध्यक्ष कृष्ण थापाले हालसम्म वैकल्पिक सिकाइको पहुँच ४० प्रतिशतमा मात्रै पुगेको र सरकारले तयार गरेको सहजीकरण निर्देशिका पूर्वपरामर्श पर्याप्त नभएको स्थितिमा आफूहरुले स्थानीय तहसँग समन्वय गर्दै आएको बताए । शिक्षा मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरी यही असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x