बाढीपहिरोले उजाडेको सिन्धुपाल्चोकको जम्बु बजार पुग्दा जे देखियो [फोटोफिचर]

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका वडा नम्बर ५ जम्बुमा गएरातिको बाढीले १५ घर बगायो ।

ठाडो खोलामा पहिरोसमेत मिसिएर आएको बाढीले अरनिको राजमार्गस्थित जम्बु बजारमा रहेका १३ पक्की घर र २ टहरालाई भोटेकोशीमा मिसायो ।


Advertisement

यसक्रममा १६ जना बेपत्ता भए भने २ जनाको शव भेटिएको छ ।

सिन्धुपाल्चोकमै अन्य ४ जना बेपत्ता छन्, बेपत्ता हुनेको कुल संख्या २० रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्ले बताउँछन् ।​


Advertisement

जम्बुभन्दा माथितिर ३ गाउँ थिए । यस प्राकृतिक विपद्ले पुर्‍याएको क्षतिको यकिन विवरण अझै आइसकेको छैन ।

घाइते ४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।

हेर्नुहोस्, तस्वीहरू :

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्