×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोक विपद् : ज्यान जोगाएकाहरू भन्छन्– 'ओडारमा बसेर बाँच्यौं'

असार २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुपाल्चोकमा बुधवार राति करीब साढे ११ बजे आएको बाढी र पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने हालसम्म २० जना बेपत्ता रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले लोकान्तरलाई जानकारी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनास्थलमा पुग्दा स्थानीय बासिन्दा अझै त्रसित अवस्थामा थिए । त्यसमध्ये केही ओडारमा बसेर ज्यान जोगाएका भेटिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

'राति हामी निदाएका थियौं, साढे ११ बजेतिर गड्याङ-गुडुङ गर्‍यो,' त्रसित मुद्रामा रहेका हिराबहादुर तामाङले लोकान्तरकर्मीसँग भने, 'गड्याङ्ग गर्‍यो, भूकम्प आएजस्तो भयो । बाहिर निस्किँदा बाढी आएको रहेछ । घरबाट भागेर हामीले आफ्नो ज्यान जोगायौं ।'

बाढीमा परेर आफ्नो घर गुमाएका अर्का पीडित दुर्गाबहादुर लामा पनि त्रसित देखिन्थे । उनले घरनजिकै रहेको ओडारमा पुगेर आफ्नो र बच्चाबच्चीको ज्यान जोगाएका रहेछन् । 

'राति १२ बजे पहिरो आइसकेपछि अब मारिने भइयो भन्ने पीर पर्‍यो,' मलिन अनुहारमा भेटिएका लामाले लोकान्तरकर्मीसँग भने, 'परिवारसहित ओडारमा गएर बसियो र ज्यान जोगाइयो । बिहानसम्म त बाढीपहिरोले वितण्डा मच्चाइसकेको थियो । 

त्यस्तै पहिरोको चपेटामा आएको भगवती अधिकारीको घरको पनि अहिले नामोनिसान छैन । 

उनले दुखेसो पोखिन्, 'साढे ११ बजे बच्चाबच्ची लिएर नजिकैको पाखो बारीमा रहेको एउटा खाली घरमा गएर बस्यौं र बाँच्यौं । घर गोठ सबै बगाएर लग्यो अहिले छिमेकीको घरमा आश्रय लिएर बस्नुपरेको छ ।' 

सिन्धुपाल्चोकको बाह्रबीसेमा गएराति गएको पहिरोले तामाङ, लामा र अधिकारी जस्ता कैयनलाई घरबारविहीन बनाएको छ । 

डीएसपी काफ्लेका अनुसार फुर्वा तामाङ र १० दिने शिशुलाई ह्याम्स अस्पताल लगिएको छ भने सविता बस्नेत र सुदेश तामाङको अर्को एक अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता रहेको डीएसपी काफ्लेले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x