अन्तत: गुम्यो सरिता गिरीको सांसद पद

लिपुलेक तथा लिम्पियाधुरासहितको नक्सालाई निशान छापमा समेट्ने गरी भएको संविधान संशोधनमा मतदान नगरी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीबाट निष्कासित सरिता गिरीको सांसद पद गुमेको छ ।

संसद् सचिवालयले बिहीवार सूचनापत्र टाँस गरी समानुपातिकतर्फबाट निर्वाचित सरिता गिरीको स्थानमा सांसद पद रिक्त भएको जानकारी गराएको हो ।


Advertisement

सभामुखबाट स्वीकृत भएअनुसार ... भन्दै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सांसद पद रिक्त भएको सूचना प्रकाशित गरेका छन् ।

यसअघि समाजवादी पार्टीले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिसकेको छ ।


Advertisement

हेर्नुहोस्, सूचना :


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्