भारतको लद्दाखबाट पछि हटेपछि के भन्छ चीन ?

भारत र चीनका सैनिकहरू लद्दाखको विवादित क्षेत्रबाट पछि हटेपछि चीनले राम्रो र प्रभावकारी ढंगमा सैनिक हट्ने काम भइरहेको जनाएको छ । 
 

गश्ती विन्दु १४ पछि अहिले चिनियाँ सेना हट स्प्रिङको गश्ती विन्दु १५ बाट पनि हटिसकेको छ । यसै हप्ताभित्र दुवै देशका सैनिकको गतिरोधको स्थिति अन्त्य गर्ने पहिलो चरणको प्रक्रिया पूरा हुने बताइएको छ । 


Advertisement

चीनले गतिरोध भएका सबै विन्दुहरूमा दुवै देशका सैनिक छिटो फर्किने विषयमा सहमति बनेको बताएको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कमान्डर स्तरको वार्तामा भएको सहमतिपछि चीन र भारतको सीमामा तैनाथ सैनिकहरू गलवान उपत्यका र अन्य क्षेत्रबाट हट्ने प्रक्रिया शुरू भइसकेको बताए । 


Advertisement

चीनले गश्ती विन्दु १४ र १५ मा पूर्वी लद्दाखमा सैनिकलाई हटाएको छ । त्यहाँ बनेको स्थायी संरचना पनि उसले हटाएको छ । 

सीमामा स्थिति स्थिर रहेको र सुधार भइरहेको झाओको भनाइ छ । 

दुवै देशले सैन्य र कूटनीतिक च्यानलको माध्यमले संवाद जारी राख्ने झाओले बताए । त्यसमा चीन र भारतको सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वयका लागि कार्यप्रणालीको बैठक आयोजना गर्ने काम पनि संलग्न छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्