सार्वजनिक यातायात जिल्लाभित्र चल्न पाउने, उपत्यकामा भने ३ जिल्लामा छुट

फाइल फोटो

सरकारले जिल्लाभित्र मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।


Advertisement

काठमाडौं उपत्यकाभित्र ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक यातायात आवागमन गर्न पाउने छन् भने बाहिरी जिल्लाको हकमा जिल्लाभर यातायात चलाउन पाइने छ ।

यद्यपि सवारी चलाउनुअघि सुरक्षाका मापदण्ड भने पूरा गर्नुपर्नेछ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्